Websoft University

विराटनगरमा चाडपर्व लक्षित ट्राफिक सचेतना


विराटनगर । रातो तारा डट कम,चाडपर्वमा बढ्ने गरेको दुर्घटना न्युनिकरण गर्ने उदेश्यले विराटनगरमा आइतबार ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा गरिएको कार्यक्रममा सवारी चालकहरुलाई सम्मान गर्नुका साथै सडक सुशासन कायम गर्न र दुर्घटना न्यूनीकरणमा भूमिका खेल्न आग्रह गरिएको थियो ।

विराटनगर बसपार्कमा गरिएको कार्यक्रममा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले सवारी चालकहरुलाई फूलमाला, अबिर र खादा सहित सम्मान गरे । सो क्रममा उनले दुर्घटना न्यूनीकरणमा सवारी चालकहरुको भूमिका महत्वपूर्ण रहने बताउनु हुँदै पेसाप्रति जिम्मेवार भएर सेवा दिन आग्रह गरे ।

सवारी चालकहरुकै कारणले बढी दुर्घटना हुने गरेको देखिएकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ नारा सहित कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिव पोखरेलले बताए । कार्यक्रममा एक दर्जन बढी बसका चालक, सह चालकका साथै यात्रुहरुलाई चाड पर्वको शुभकामना तथा सुरक्षित यात्राको कामना गर्दै सम्मान गरिएको थियो ।

सो क्रममा विराटनगर बस पार्कबाट पूर्व–पश्चिमतर्फ जान लागेका १० वटा यात्रुवाहक बसलाई ट्राफिक प्रहरीले सम्मानपुर्वक मोरङको नेमुवासम्म स्कर्टिङ गरेको थियो । दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभूति गराउन सडकमै गएर समेत अनुगमन गरिने जिल्ला ट्राफिक प्रमुख पोखरेलले बताए ।

सो क्रममा चालकहरुलाई मापसे चेक गर्नुका साथै जेष्ठ नागरिकलाई दिनुपर्ने ५० प्रतिसत छुट तथा बढी भाडा लिए नलिएको निरीक्षण गरिने उनले जानकारी दिए । कार्यक्रममा प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भीमबहादुर दाहाल, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइराला लगायतको उपस्थिति रहेको
 थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.