Websoft University

जनताको मन जितेर चुनाव जित्ने दाबी


उर्लाबारी, मंसिर १३ गते । रातो तारा डट कम,
मोरङ क्षेत्र नं. १ (क)  वाम गठबन्धनका साझा उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले आफूहरु जनताको मन जितेर चुनाव जित्ने विश्वास ब्यक्त गरेका छन् ।
मोरङको उर्लाबारी वडा नं. २ को कोणसभालाई बुधबार सम्बोधन गर्दै उनले कांग्रेसको जस्तो पैसा र सडकमा गिट्टी, होमपाइप वितरण गरेरभन्दा पनि जनताको मन जितेर आफूहरु चुनाव जित्ने विश्वास ब्यक्त गरेका हुन् । विकासप्रेमी देखिन चुनाव ताका सडकमा गिट्टी र होमपाइमको भरमा जनताले कांग्रेसलाई भोट नदिने उल्लेख गर्दै स्थायी सरकार र दिगो विकासका लागि वाम गठबन्धनलाई आम मतदाताहरुले मत दिने उनको भनाई छ ।

‘आम जनता सचेत हुनुहुन्छ’ उनले भने –‘अब पैसा,  गिट्टी र  होमपाइपको भरमा भोट दिनुहुँदैछ ।’मतदाताहरुलाई विकास देखाएर चुनाव जित्ने सपना नदेख्न उनले कांग्रेसलाई चेतावनी पनि  उनले दिएका छन् । कांग्रेसबाट परिर्वतन सम्भव नरहेको उल्लेख गर्दै स्थायी सरकार नभएसम्म देशमा दिगो विकास नहुने उनको दाबी छ । जनतालाई कसैले पनि झुक्याउन नसक्ने उल्लेख गर्दै आमूल परिर्वतनका लागि वामपन्थी गठबन्धनलाई जिताउन उनले आग्रह गरेका छन् ।

वाम गठवन्धनको पक्षमा जनलहर सिर्जना भएको र आफूहरुको जीतलाई कसैले पनि रोक्न नसक्ने उनको दाबी छ । देशको मुहार फेर्न र देशलाई विकासको नयाँ उचाइमा लैजाने योजना भएको बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्र्नेमा उनको जोड छ । स्थायी सरकार र देशको विकासका लागि कम्युनिष्ट सरकार जरुरी भएको बताउँदै देशलाई समस्या परेको अवस्थामा कम्युनिष्टहरुको योगदान महत्वपूर्ण रहेको उनको धारणा छ ।

उनले कम्युनिष्ट सरकारको पालामा देशमा लोडसेसिडको अन्त्य गरी जनतालाई राहत प्रदान गरेजस्तै धेरै भौतिक पूर्वाधारको विकासका लागिसमेत वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेबी भण्डारीलगायतले बोल्दै वाम गठबन्धन जनताको हितका लागि भएको उल्लेख गर्दै स्थायी सरकार र दिगो विकासका लागि वाम गठबन्धनलाई मतदाताहरुले मत दिनु पर्नेमा जोड दिएका छन् ।

 यसैबीच बुधबारै उर्लाबारी वडा नं. २ र ३ मा घरदैलोसहित चुनावी सभा कार्यक्रम भएका छन् । यसैबीच वाम गठबन्धन वडा निर्वाचन परिचाल कमिटीले प्रत्येक वडाहरुमा घरदैलो गर्दै वामपन्थी गठबन्धनलाई जिताउन अपिल गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.