Websoft University

चिज उद्योग बन्द हुने अवस्थामा


इलाम, मंसिर १३ गते । रातो तारा डट कम, चिजको माग बढ्दै गए पनि दूधको अभावमा दुग्द्य विकास संस्थान स्वामित्वको पशुपतिनगर चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।


दूधबाट बन्ने परिकारको माग बढे पनि गाईपालक किसान निजी दुग्ध प्रशोधन केन्द्रतर्फ आकर्षित भएपछि सरकारी 
उद्योगलाई दूधको अभाव हुन थालेको छ ।

लामो समयदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)मा दूध बिक्री गर्दै आएका किसानले निजी डेरीले बढी मूल्य दिन थालेपछि डिडिसीसँगको सम्बन्ध तोड्न थालेका छन् । मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगर चिज उद्योगलाई दूधको अभाव हुन थालेको हो ।

निजी उद्योगले प्रति लिटर रु ४५ देखि रु ६० सम्म दूध दिने गरेको छ । दुग्ध विकास संस्थानले किसानलाई दूधको गुणस्तर हेरेर प्रति लिटर रु ४० मा दिँदै आएको छ । दूध संकलन गर्ने सहकारीलाई कमिसनबापत अतिरिक्त रु तीन दिने गरेको दुग्ध विकास संस्थान विराटनगर आयोजना प्रमुख सरोज सिंखडाले जानकारी दिनुभयो ।

विसं २०४२ मा स्थापना भएको सो उद्योगको प्रशोधन क्षमता तीन हजार लिटर भए पनि हाल ५०० लिटर मात्र प्रशोधन गर्ने गरेको छ । एक वर्ष अघिसम्म चारवटा सहकारीमार्फत आएको दूध प्रशोधन गर्ने उद्योगमा अहिले एउटामात्र सहकारीले दूध बिक्री गर्दै आएको कर्मचारी देव चौधरीले बताउनुभयो ।

स्थानीयस्तरमा दैनिक १२० लिटर मात्र दूध संकलन भएपछि पशुपतिनगर चिज उद्योगले करिब १० किलोमिटर टाढा फिक्कलमा रहेको चिस्यान केन्द्रबाट ४०० लिटर दूध खरिद गर्ने गरेको छ । इलाममा दैनिक एक लाख २० हजार लिटर दूध उत्पादन हुने गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.