Websoft University

देशभर आज १६ औँ राष्ट्रिय धान दिवस मनाइदै,


कृषि समचार—काठमाण्डौ असार १५ गते । रातो तारा डट कम,आज असार १५, दहीचिउरा खाने दिन र १६ औँ राष्ट्रिय धान दिवस, बिभिन्न कार्यक्रम गरी मनार्इँदैछ । गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । 

आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही  चिउरा खान्छन् भन्ने मान्यता छ । दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही(चिउरा खाई असार १५ मनाउँछन् । 

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । 

आज १६ औं धान दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकिकरण, चामल आयातमा न्यूनिकरण’ भन्ने नारा यसपालीको धान दिवसको लागि तय गरिएको छ । दिवसको अवसरमा बर्दियाको राजापुरमा सरकारले विशेष समारोहको आयोजना गर्दैछ । 

धान नेपालको अर्थतन्त्रको मुख्य स्रोत भएकोले यसको आयात रोकेर उत्पादन कसरी बढाउन सकिन्छ भन्ने तर्फ केन्द्रित भएर सरकारले योजना बनाएको छ । कृषि तथा पशुपञ्छि विकास मन्त्रालयका सचिव डा.युवकधोज जीसीले सीआईएनसँग कुराकानी गर्दै अत्याधुनिक प्रविधिको प्रयोग गरेर धान उत्पादनलाई बढाउने तर्फ सरकारले विशेष ध्यान दिएको बताउनुभयो । 

नेपालमा धान आयात बढ्नुको मुख्य कारण मसिनो वास्नादार चामलको माग भएकोले आउने दिनमा सरकारले त्यस्ता धान उत्पादनमा विशेष कार्यक्रम ल्याउन लागेको पनि सचिव जिसीले जानकारी दिनुभयो । 



Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.