Websoft University

असार १४ गते आज राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर देशभर वृक्षरोपण अभियान सुरु


काठमाण्डौ असार १४ गते । रातो तारा डट कम,नेपाल सरकारले आजदेखि देशभर वृक्षरोपण अभियान सञ्चालन गरेको कुरा जानकारी गराएको छ । हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षमा ३ करोड फलफूलका बिरुवा रोप्ने लक्ष्य लिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको रिङरोड आसपासका क्षेत्रमा फलफूलका बिरुवा रोपेर अभियानको सुरु गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। राजधानीको कोटेश्वरदेखि कलङ््कीसम्म फलफूलका बिरुवा रोपिने छन् । सरकारले वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सहभागी हुन निर्देशन दिएको छ । 

प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको छ । लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने निर्णयसमेत सरकारले गरेको छ । 

प्रधानमन्त्री ओलीले गत वर्ष ५ जुनदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान सुरु गर्नुभएको थियो । त्यही अभियानअन्तर्गत देशभरमा गरी २३ लाख फलफूलको बिरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । 

आगामी आर्थिक वर्ष २०७६÷०७७ लाई ’वृक्षरोपण वर्ष’को रुपमा मनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षरोपण अभियान सुरु हुन लागेको हो । वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न ९ स्थानमा ’क्लस्टर’ निर्धारण गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.