Websoft University

लागुऔषध दुव्र्यसन तथा कारोवार नियन्त्रण कार्यक्रम सम्पन्न


श्याम राई-गाईघाट,असार ११ गते । रातो तारा डट कम, लागुऔषध दुव्र्यसन तथा कारोवारीको संख्या दिनदिनै बढ्न थालेपछि नियन्त्रणका लागि उदयपुरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषध रहित स्वास्थ्य जीवन’ भन्ने मुलनाराकासाथ जिल्ला प्रशासन कार्यालय उदयपुरले विभिन्न निकायसँग समन्वयगरी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम विविध कार्यक्रम आयोजना गरि समापन गरिएको हो ।

प्रशासनले लागुऔषध कारोवारी हुने ठाउँलाई लक्षित गरी सचेतना, औषधि पसलको अनुगमन, लागुऔषध, कारोवारी
 र जिल्लामा उत्पादत हुने गाँजा खेतीको पहिचान तथा नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्कालेबताए । ‘अभियान लिएर बिद्यालय, समुदाय, टोलमा पुगेका छौ र सम्भावित गाँजा खेती हुने क्षेत्रको अध्ययन गरी विरुवा नष्ट गर्ने काम भएको छ ।’ ‘हिजोसम्म गाँजा खेती नष्ट गर्ने मात्र काम भयो, लगाउनेलाई कारवाही भएन यसपटक लगाउने वा जग्गा दिनेलाई कारवाही गर्छौ ।’ जिल्ला अधिकारी खड्काले भने ।
उनले सबै किसिमको विकृत विसंगती हटाउनका लागि प्रदेश सरकारले सञ्चालन गरेको बिद्यालय स्तरमा ‘टिन्स क्लव ’ गठन प्रकृया बिद्यालयमागई सुरु गरिएको जानकारी दिए । कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नगर क्षेत्रमा रहेका २० हजार घरधुरी लागुऔषधमा सुरक्षित छन भन्ने गरी अभियान सञ्चाल गर्ने तयारी भईरहको बताए ।
लागुऔषध सेवन गर्ने स्थान भनेको सार्वजानिक ठाउँ, बिद्यालय, पर्यटकिय क्षेत्र रहेकाले यी क्षेत्रमासमेत सुरक्षित गर्न कार्यक्रम सञ्चालन गरिने बताए ।

 त्यसैगरी जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले बढ्दो वेरोजगारकाकारण युवाशक्ति कुलतबाटोमा फसेकाले स्वरोजगारमुलक कार्यक्रम मार्फत उनीहरुलाई पुरानै अबस्थामा फर्काउनु पर्ने बताईन् । उनले युवायुवतीहरु अन्जानबस लागुऔषध सेवनतर्फ फसेकाले उनीहरुलाई सुधार गर्नका लागि सबैको दायित्व सम्झी अभियानहरु सञ्चालन गर्नु पर्ने बताईन् ।

लागुऔषध कारोवार तथा सेवन बर्षेनी ११ दशमलव ५० प्रतिशतले बढ्दोक्रममा रहेको छ । त्यसैगरी देशभर भएका अपराधिक घटनामध्ये ७ प्रतिशत लागुऔषध सेवनकैकारण हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले जानकारी दिए ।

उदयपुरको हकमा भने प्रत्येक ३ घर बराबर १ जना लागुऔषध सेवनकर्ताको संख्या रहेको तथ्यांकले देखाएको छ । कार्यक्रममा सहभागिहरुले लागुऔषध नियन्त्रणका लागि परिणाम आउने गरी कार्यक्रममा गर्नु पर्ने धारणा राखे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.