Websoft University

एसईई परीक्षाको नतिजा सार्वजनिक


काठमाण्डौ असार १२ गते । रातो तारा डट कम,परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ चार लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । २०७५ सालको एसईई परीक्षा गएको चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । तीमध्ये दुई लाख ३६ हजार चार सय ४५ छात्र र दुई लाख ३८ हजार पाँच सय ५८ छात्रा परीक्षार्थी थिए । 

यस वर्षको परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार पाँच सय ८० जना, ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २ दशमलव ८ देखि ३ दशमलव २ जीपीएसम्म ल्याउने ६३ हजार सात सय ४१ जना र २ देखि २ दशमलव ४ जीपीएसम्म ल्याउने ९८ हजार दुइ सय ७ जना रहेका छन् । 

१ दशमलव ६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय सात जना, १ दशमलव २ जीपीएदेखि १ दशमलव ६ जीपीएसम्म ल्याउने परीक्षार्थीको सङ्ख्या ४३ हजार ८ सय ४१ रहेको छ । परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुपरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

दुई विषयसम्म सी वा सीभन्दा तलको ग्रेड आएमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उहाँले बताउनुभयो । एसईईको नतिजा १६०० मा फोन गरेर वा एसएमएस गरेर थाहा पाउन सकिनेछ । यसका लागि अङ्ग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ । 

१६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ । यसका साथै नेपाल टेलिकमको वेबसाइट कभभ।लतअ।लभत।लउ मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.