Websoft University

अव देखि जग्गा बाँझो नराख्ने कृषकहरुलाई स्थानिय तहले पुरस्कार दिने



काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,दाङको तुलसीपुर उपमहानगरपालिकाले जग्गा बाँझो नराख्ने किसानलाई पुरस्कार दिने भएको छ । उपमहानगरपालिकाले किसानलाई आगामी आर्थिक वर्षदेखि जग्गा बाँझो नराख्ने किसानलाई पुरस्कार दिने भएको हो । 

कृषि क्षेत्रमा आकर्षण बढाउन वर्षैभरी जग्गा बाँझो नराख्ने किसानलाई पुरस्कार प्रदान गर्नका लागि उपमहानगरले ३ लाख बजेट बिनियोजन गरेको छ । उपमहानगरले जग्गा बाँझो राख्ने किसानलाई दण्ड जरिवाना समेत गर्ने भएको छ । 

उपमहानगरले कृषि समुह र सहकारीमार्फत् बगर खेती गर्नका लागि ३ लाख, कृषि समस्या पहिचान र समाधानका लागि पशु वैज्ञानिक भेट गर्नका लागि ३ लाख बजेट बिनियोजन गरेको छ । यसैगरी उपमहानगरले फागुन, चैत, बैशाख र जेठमा गरिने बेमौसमी खेती प्रवद्र्धनका लागि सिँचाई गर्नका लागि लाग्ने विद्युत महसुलमा अनुदान दिने भएको छ । 

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सिँचाई प्रणाली सञ्चालन गर्ने कृषक तथा कृषक समुहलाई विद्युत महसुलमा अनुदान दिनका लागि ५ लाख विनियोजन गरेको छ । त्यस्तै अदुवा, प्याज, लसुन, बेसार र फलफूलमा आत्मनिर्भर बनाउन बेर्ना उत्पादन र वितरणका लागि उपमहानगरपालिकाले ५ लाख बजेट बिनियोजन गरेको छ । 

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सुकुम्बासी तथा विपन्नले जग्गा भाडामा लिएर व्यवसायीक खेती गर्नका लागि जग्गा भाडामा ५० प्रतिशत अनुदान दिने भएको छ । जसका लागि उपमहानगरपालिकाले ५ लाख बजेट बिनियोजन गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.