Websoft University

सामाजिक विकास मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरको राजिनामा दिए पछि विदाई

 


विराटनगर, १२ पुस । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरको आज विदाई गरिएको छ । बर्तमान राष्ट्रिय राजनीति घटनाक्रममा कारण मन्त्रीको जिम्मेवारीमा रहेर कार्यगर्ने सक्ने अवस्था नभएको भन्दै उहाँहरुले आज विहान राजीनामा दिनु भएको थियो ।

 मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा मन्त्री घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानको भावना विपरित रहेको बताउनुभयो । उहाँले अकल्पनिय र कलंकित घटनाको समर्थन र स्वीकार गर्न आत्माले नदिएको बताउनुभयो । २ बर्ष १० महिनामा सामाजिक विकास मन्त्रालयले उल्लेखनिय काम गरेको उहाँको भनाई छ । जिल्ला जनस्वास्थ्य कार्यालयको बोर्ड हटाएर मन्त्रालय शुरु गरिएको स्मरण गर्दै उहाँले भन्नुभयो,‘ अहिले मन्त्रालय जस्तो भएको छ ।’ 

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघठन गर्ने कार्यलाई ठिक मान्न नसकेर राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रतिनिधिसभा विघठन गर्ने कार्य ठिक भनेर सरकारमा बस्न उपयुक्त ठानिन ।’ प्रधानमन्त्री ओलीले मतदानको अवमूल्यन गरेको गजमेरले बताउनुभयो । 

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले मन्त्री घिमिरेकोे कार्यको उच्च प्रशंसा गर्नुभयो । कोरोना संक्रमणको उपचार तथा नियन्त्रण कार्यमा मन्त्री घिमिरेले अतुलनिय कार्य गरेको सचिव कार्कीले बताउनुभयो । 

मन्त्री घिमिरेलाई मन्त्रालयका महाशाखा प्रमुख, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा मन्त्रालयका कर्मचारीहरुले विदाई गरेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.