Websoft University

मोरङको बरडंगामा नेकपाबाट २४ जना कांग्रेसमा प्रवेश

 

विराटनगर । रातो तारा डट कम, मोरङको सुनवर्षि–२ बरडंगामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर २४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 


नेकपाका नेता तेजु ऋषिदेव र कैलु ऋषिदेवको नेतृत्वमा २४ जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले जानकारी दिए । उनीहरुलाई नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, उपसभापति शिवनारायण गन्गाई सिंह, सचिव नागेश कोइराला, मोदराज घिमिरेलगायतले अविर लगाएर पार्टी प्रवेश गराएका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लिम्बूले कांग्रेसले मात्रै देश र जनताको पक्षमा काम गर्ने दाबी गरे । नेकपा नेतृत्व दुई तिहाईको सरकारले जनताको पक्षमा भन्दा नेता र कार्यकर्ताको पक्षमा काम गरेको आरोप लगाए । उनले भने, “यो देशमा कांग्रेसको आवश्यकता छ भन्ने पुष्टि भएको छ । नेकपाको सरकारले तीन वर्षमा तीन वटा पनि राम्रो काम गरेन ।” 

त्यस्तै सचिव नागेश कोइरालाले मजदुर, किसान, उत्पीडित वर्गको हक हितमा कांग्रेसले मात्रै काम गर्ने दाबी गरे । कोइरालाले नेकपा सरकारले आफ्ना नेता र कार्यकर्ता पोस्ने काम मात्रै गरेको बताए । देशभर नै कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको उनको भनाइ थियो । “वर्तमान सरकार बनेदेखि मुलुकमा भ्रष्टाचार, बलात्कार, महँगी, विकृति बढेको छ,” उनले भने, “जनताले दुई तिहाई मत दिँदा पनि कम्युनिष्ट सरकारले केही काम गर्न सकेन ।” 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.