Websoft University

रोजगारीको करार अवधि समाप्त भएका श्रमिकले भोलिदेखि अनलाइनमार्फत् नै श्रम नविकरण गर्न पाउने


काठमाण्डौ पुस १६ गते । रातो तारा डट कम,वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको करार अवधि समाप्त भएका श्रमिकले भोलिदेखि अनलाइनमार्फत् नै श्रम नविकरण (पुनः श्रम स्वीकृति) गर्न पाउने भएका छन् । बिदामा आएका वा विदेशमा रहेका श्रमिकले अनलाइनमार्फत् नै पुनः श्रम स्वीकृति लिन पाउनेछन् । वैदेशिक रोजगार विभागद्वारा हिजो जारी विज्ञप्ती अनुसार एकपटक आँखा वा औंठाछापको स्क्यान लिइसकेका श्रमिकले मात्रै अनलाइनमार्फत् आफ्नो श्रम नविकरण गर्न पाउने छन् । श्रमिकले आफ्नो श्रम नविकरणको निस्सा (स्टिकर) आफ्नो इमेलमै प्राप्त गर्न सक्नेछ । यो नियम कार्यान्वयनमा आएकोले अब श्रम नविकरण गर्नको लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हटेको विभागले जनाएको छ । श्रमिकहरु दूतावासमा पनि धाइराख्नुपर्दैन । विभागले श्रम नविकरण गर्नको लागि चाहिने म्यादी बिमा र कल्याणकारी कोषको भुक्तानी पनि अनलाइनमार्फत् नै गर्न पाउने व्यवस्था मिलाएको छ । यसको लागि सेवाप्रदायक संस्थालाई थप शुल्क भुक्तानी गर्नु पर्दैन । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डेड वर्ष अगाडि नै वैदेशिक रोजगार नियमवाली–२०७६ लाई पाँचौं पटक संशोधन गरी अनलाइनमार्फत् नै पुनः श्रम स्वीकृति गर्ने व्यवस्था मिलाएको थियो । तर, बीमा कम्पनीले अनलाइनमार्फत् नै रकम लिने विषयमा सहजीकरण नगर्दा ढिलाई भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.