Websoft University

उपमेयर र वडाध्यक्ष स्वास्थ्यकर्मी लिएर पुगे बिरामीका घरघरमा

 


बेलबारी असोज १४ गते । रातो तारा डट कम, बेलबारी नगरपालिकाले नगरभित्रका रोगी र विपन्न नागरिकहरुको स्वास्थ्य सुविधामा पहुँच विस्तारका लागि घरघरमा पुगेर बिरामीको उपचार तथा परामर्श सुरु गरेको छ।लामो समयदेखि उपचारको अभावमा रोगसँग जुधिरहेकी बेलबारी ९की जित्नी धिमाललाई उनकै वासस्थानमा पुगेर मंगलबार बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली,वडा नं ९ का वडाध्यक्ष नगेन्द्र खड्का,नगरपालिकाका स्वास्थ्यकर्मीहरु संतोष विश्वकर्मा,चन्द्र दाहालसहितको टोलिले भेट्घाट तथा परामर्श सुरु गरेको छ।परामर्श पश्चात् स्वास्थ्यकर्मी चन्द्र दाहालले आजैबाट बिरामीलाई आवश्यक उपचार एवम् आवश्यकता अनुरुप थप परामर्श अघि बढाइने बताए।

 पेशाले नै नागरिकको सेवा गर्ने अवसर पनि स्वास्थ्यकर्मीलाई भएकोले हामी स्वास्थ्य संस्थाका साथसाथै अशक्त,असहाय,विपन्न नागरिकका घरमै पुगेर सेवा दिँदा थप पेशाप्रति गर्व महशुस हुन्छ।बिरामीहरु उपचारपछि सन्चो भएको देख्दा झन आनन्द लाग्छ।त्यसैले घरघरमा पुगेर पनि उपचार गर्छौँ-बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए।वडाध्यक्ष नगेन्द्र खड्काले वडावासीको स्वास्थ्य सुरक्षासँगै विकास निर्माणका लागि आफू निरन्तर लागिरहेकोले आफ्नो र वडाको तर्फबाट वडावासीलाई सदैव सहयोग रहने बताए।

 नागरिकको स्वास्थ्य सुरक्षा पहिलो शर्त हो।स्थानीय सरकार जनताको अभिभावक भएकोले कोही नगरवासी भोकै बस्नुपर्ने अवस्था र स्वास्थ्य उपचार नपाई रोग पालेर बस्नुपर्ने अवस्था आउन नदिन हामी जनप्रतिनिधि सचेत भएर लागेका छौँ।अफ्ट्यारो परेको बेला नागरिकलाई घरघरमा पुगेर उपचार दिने कार्यलाई निरन्तरता दिनेछौं-उपमेयर ढाकाकुमारी पराजुलीले भनिन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.