Websoft University

स्रोत केन्द्र केराबारीका प्रधानाध्यापकहरुको घुम्ती बैठक कल्याणकारीमा



युवराज ठकुरी/सिंहदेवी,मोरङ, बैशाख  १५ गते । रातो तारा
डट कम- मोरङको केराबारी स्रोत केन्द्रमा आबद्ध रहेका विद्यालयहरुका प्रधानाध्यापकहरुको बैशाख महिनाको घुम्ती बैठक केराबारी-२,सिंहदेवीमा रहेको कल्याणकारीमा सम्पन्न भएको छ।

स्रोतकेन्द्र स्तरीय निर्णय अनुसार चैतको दोस्रो मङ्गलबार बुद्ध मावि केराबारी,देवीझोडाबाट सुरु गरिएको बैठक यसपटक कल्याणकारी मावि सिंहदेवीमा गरिएको कल्याणकारी माविका निमित्त प्रअ हेमबहादुर ठकुरीले बताए।
   
शैक्षिक गुणस्तरलाई कसरी नयाँ ढंगले सुधार गर्न सकिन्छ?कुन कुन विद्यालयले कुन तरिकाले विद्यालय सुधारका गतिविधि अगाडि बढाएका छ्न भन्ने कुराको अवलोकन साथै अनुभवको साटासाट गर्ने माध्यम पनि घुम्ती प्रअ बैठकको औचित्य रहेकाले यसमा प्रधानाध्यापकहरुले सक्रिय सहभागीता जनाएको स्रोत व्यक्ती बिन्दु लावतीले बताए।
     
केराबारी स्रोत केन्द्र अन्तर्गतका ३४वट विद्यालयहरु मध्ये केही पहाडी भुभागका विकट वडाहरुमा पनि रहेका छन।विद्यालय सुधारमा सबै पक्षहरु सहभागिता सगै ध्यानाकर्षण होस र केही नमुना विद्यालयहरुको अवलोकनले प्रधानाध्यापकहरुमा नयाँ भिजन सृजना गर्न पनि प्रअ बैठकले महत्वपूर्ण भुमिका खेल्ने मच्छिन्द्र माविका सहायक प्रअ दुर्गाप्रसाद दाहालले बताए।

बैठकमा निवर्तमान विव्यस अध्यक्ष खड्गबहादुर ठकुरी विव्यस अध्यक्ष दिलिपकुमार ठकुरी,स्रोत व्यक्ति बिन्दु लावती लगायत स्रोत केन्द्र विद्यालय भरिका  प्रअहरु,प्रतिनिधि शिक्षकहरुको उपस्थिति रहेको थियो।

अर्को महिनाको घुम्ती प्रअ बैठक जेठ ८गते सोमबार सावित्री मावि याङ्सिलामा हुने निर्णय भएको स्रोत व्यक्ति लावतीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.