Websoft University

लाठी जुलुसका क्रममा आधा दर्जन सवारी तोडफोड


सुनसरी, बैशाख १२ गते । रातो तारा डट कम-संघिय गठबन्धन संयुक्त लिम्बुवान संघर्ष समितीले सुनसरीको इटहरीमा आयोजना गरेको लाठी जुलुसका क्रममा आधा दर्जन सवारी साधनमा तोडफोड भएको छ ।

लाठी जुलुस सहित निकालेको र्याली इटहरी ८ बुधहाट क्षेत्रमा पुगेपछि प्रहरीसँग केही बेर झडप पनि भएको थियो । र्यालीमा घर माथीबाट ढुंगा हानेको भन्दै लिम्बुवानका कार्यकर्ताहरु प्रहरीपेती आक्रोसीत भएका थिए ।

बाँसका लाठी सहित जुलुसमा सहभागी कार्यकर्ता र प्रहरी वीच झडप हुँदा घाइते भएका ४ जना प्रहरी उपचार पछि कार्यालय फर्किएका छन् ।

लाठी सहित निस्किएका लिम्बुवानका कार्यकर्ताको लाठी खोस्न खोज्दा झडप भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

निर्वाचन आचारसंहित अनुसार लाठीसहित र्याली गर्न नपाईने अवस्थामा लाठी खोस्न खोजिएको उहाँले जानकारी दिनुभयो। प्रहरीसँगको झडप पछि लिम्बुवानका कार्याकताहरुले बुधहाट क्षेत्रमा रोकिराखेका  सवारीसाधानमा तोडफोड गरेका छन् ।

यस्तै उनीहरुले तरकारी बोकेको को १ ख४८९४ नम्बरको बोलेरो, को १ च ६०५३ नम्बरको ट्रक, को १ च ८१२४ नम्बरको कार, को १ ज २३६२ नम्बरको पिकअप र ७२७२ नम्बरको भारतीय ट्रक तोडफोड गरिदिएका हुन ।

 यता लिम्बुवानले भने प्रहरीको तर्फबाट ढुंगा प्रहार भएको आरोप लगाएको छ । संघिय गठबन्धनले संविधान संसोधन पछि मात्र निर्वाचन गर्नुपर्ने, लगायत माग राख्दै दवावका लागि यार्ली आयोजना गरिएको नेता पदम अधिकारी जानकारी दिनुभयो ।

मोर्चामा उपेन्द्र यादवको संघिय समाजवादी फोरम, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान पाटि, लिम्बुवान मुक्तिमोर्चा संघियवादी र लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पाटि आबद्ध छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.