Websoft University

मालपोत कार्यालयका ६ जना कर्मचारी अख्तियारको फन्दामा


काठमाडौ, बैशाख १४ गते । रातो तारा डट कम-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व छली गरेको आरोपमा काठमाडौ मालपोत कार्यालयका ६ जना कर्मचारी विरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

काठमाडौं टोखा नगरपालिका वडा नं. १२ को जग्गा बिक्री गर्दा कम मूल्यांकन गरी राज्यलाई ठूलो मात्रामा राजस्व छलेको आरोपमा अख्तियारले उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको हो ।

मुद्दा दायर भएका कर्मचारीहरुमा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंका अधिकृत सुरेश भट्टराई, नायव सुब्बा दुर्गाप्रसाद काफले, कम्प्युटर अपरेटर जाएश्वर काफले छन् ।

उनीहरुले आपसी मिलेमतोमा एक वर्गको जग्गालाई अर्को वर्ग कायम गरी गलत श्रेस्ता तयार पारेको अख्तियारको ठहर छ ।
उनीहरुले विभिन्न कित्ता नम्बरका जग्गा नामसारी गर्दा फरक श्रेस्ता कायम गरी पक्की मोटरबाटो भएको जग्गालाई कच्ची मोटरबाटो उल्लेख गरेर कम मूल्याङ्कन गरि ठूलो मात्रामा राजश्व छलेको आरोप छ ।

यस्तै अख्तियारले मालपोत कार्यालयकै अधिकृत शालीग्राम रेग्मी र नायव सुब्बा पार्वती रमण खनाल विरुद्ध पनि सजायसहित कैदको दावी गरेको छ ।

अख्तियारले टोखा नगरपालिका वडा नं. १२ का तत्कालिन वडा सचिव मधु सुदन मिश्रलाई समेत गलत लिखत तयार गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम आरोप पत्र दर्ता गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.