Websoft University

सार्वजनिक विद्यालय रुपान्तरण अभियान बारेको छलफल सुरु



काठमाण्डौ बैशाख १२ गते । रातो तारा डट कम,राम्रो काम गरेका सामुदायिक विद्यालयको अभ्यास र अनुभवलाई विस्तार गर्ने र त्यसै आधारमा सुधारका न्यूनतम खाका निर्माण गर्ने उद्धेश्य सहित सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी राष्ट्रिय भक्तपुरको बोडेमा दुई दिने सम्मेलन सुरु भएको छ । 

विभिन्न जिल्लाका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि सहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भक्तपुरको बोडेमा दुई दिने सम्मेलन सुरु भएको हो ।  सम्मेलनको उद्घाटन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले राजनीतिको महत्व रहेको तर शिक्षामा दलीय राजनीतिको अन्त्य आवश्यक भएको बताउनुभयो । 

सम्मेलनमा, सहभागी विद्यालयले गरेका असल अभ्यास र त्यसले भएको सुधारका बारेमा छलफल हुने  र त्यसबाट अन्य विद्यालयलाइ सिकाइ हुने मन्त्री पोखरेलले विश्वास व्यक्त गर्नुभयो । संघीय संसद अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तिले शिक्षाको गुणस्तर र शिक्षालाई जीवन व्यवहारमा प्रयोग गर्न तर्फ सम्मेलन केन्द्रीत हुने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले शिक्षा सुधारका लागि सरोकारवाला पक्षको प्रतिवद्धताको खाँचो औल्याउँदै सम्मेलनलाई औपचारिक मात्रै भन्दा पनि त्यसका निष्कर्षलाई व्यापक वहस गरी लागू गर्न सुझाव दिनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले शिक्षा र रोजगारी निर्माणमा तादम्यताको खाँचो रहेकाले त्यस तर्फ ध्यान दिने गरी शैक्षिक क्रियाकलाप सञ्चालनको खाँचो औल्याउनुभयो । 

शिक्षा सचिव खगराज बराल तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सम्मेलनको आवश्यकता र उद्धेश्य बारे चर्चा गर्नुभएको थियो । भक्तपुरको बोडेमा जारी सम्मेलनमा विभिन्न ५ विषय क्षेत्र निर्धारण गरिएको छ । सोही विषय क्षेत्रका आधारमा विद्यालयका तर्फबाट हुने प्रस्तुतीलाई विषय विज्ञ र शिक्षा मन्त्रालयका सहसचिव सहित कर्मचारीको टोली मिलेर निचोड निकाल्ने मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

सम्मेलनको पहिलो दिन भएको प्रस्तुतीको आधारमा दोस्रो दिन हुने समूह छलफल पछि टोलीले निचोड सहित दस्तावेजलाई अन्तिम रुप दिनेछ । जसका आधारमा बोडे घोषणा पत्र जारी गर्ने कार्यसूची रहेको अर्यालले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.