Websoft University

महेन्द्र माविलाई गरिमा प्रधानले गरिन १० थान कम्प्युटर हस्तान्तरण


बिराटनगर बैशाख १४ गते । रातो तारा डट कम,अमेरिकामा अध्ययनरत गरिमा प्रधानले विराटनगर स्थित वार्ड नं.८ मा रहेको महेन्द्र माविलाई कम्युटर सहित विभिन्न शैक्षिक सामाग्री प्रदान गरेकी छन् ।

समाजिक कार्यमा रुची राख्ने प्रधानले एक कार्यक्रमका वीच शुक्रवार १० थान कम्प्युटर र विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् । विराटनगर महानगरका मेयर भीम पराजुलीको समन्वयमा अमेरिका वाट आएकी प्रधानले झण्डै ४ लाख मूल्य बराबरको कम्प्युटर साथै शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले सामाजिक मन भएका जो कोहीले सेवा भावका काममा सक्रिय हुदा समाजले उन्नती गर्ने बताए । उनले सामुदायीक विद्यालय सुधार अभियानमा आफु होमिएको र यसका लागि सवैको साथ सहयोग चाहिने बताए ।

 यस्तै सामाजिक अभियानमा सक्रिय प्रधानले अमेरिकामा बसोबास गर्ने सहयोगी मनहरुको सहयोगमा विराटनगरका अझै धेरै विद्यालयहरुमा काम गर्न चाहेको बताइन् ।  शिक्षा क्षेत्रको विकासका लागि सहयोग गर्न र सामाजिक कार्य नेपालमै बसेर गर्न समेत इच्छुक रहेको प्रधानले बताइन ।

कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक चन्द्रप्रसाद साहले विद्यालयमा चाढैनै प्राविधिक शिक्षाका लागि कार्यारम्भ गरिने बताए । विद्याथीहरुलाई कम्प्युटर शिक्षा दिन नसकिरहेको वेला प्रधानले दिएको कम्प्युटरले आफुहरु उत्साहित भएको धारणा राखे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.