Websoft University

खोलाको दुषित पानी पीउनाले दजाकोटका बासिन्दा बिरामी परे


काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम,गुल्मीको मुसिकोट नगरपालिका ४ बडागाउँको दजाकोटका बासिन्दाले खोलाको दुषित पानी पीउनाले करिव १ सय ५० जना अहिले बिरामी परेका छन् । बैशाख १० गते साँझदेखी दजाकोटमा झाडापखालाको महामारी फैलिएको कारण सिँगो गाँउ नै बिरामी परेको हो । 

बिरामीमध्ये चार जनालाई बिभिन्न ठाँउमा उपचारको लागि पठाइएको छ । अवस्था गम्भीर रहेकी ५९ वर्षीया कुमारी सिञ्जालीलाई जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल कलेज पाल्पामा रिफर गरिएको थियो । त्यहापनि उपचार हुन नसकेपछि हाल बुटवल स्थित गौतमबुद्ध सामुदायिक अस्पतालमा उपचारको निम्ती पठाइएको छ । तम्घासमा ३ जनाको उपचार भइरहेको छ । 

८६ घरधुरी रहेको गाउँका सबैजसो घरमा बिरामी परेपछि नगरपालिकाको संयोजनमा हिजोदेखि पशुपति निमाविको भवनमै स्वास्थ्य शिविर सञ्चालन गरीएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो  । गाँउमा रहेका करिब १५० जना नै बिरामी परेको नगरपालिकाको जनस्वास्थ्य शाखाले जनाएकोछ ।

उपचारमा संलग्न नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख डिबी जिसीका अनुसार धेरै बिरामीमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने समस्या देखिएको छ । दूषित पानीकै कारण फुड प्वाइजनको आशंकामा उपचार गरेको जानकारी दिदै उनले बिरामीको संख्या बढीरहेको बताउनुभयो । 

जनस्वास्थ्य कार्यालयका मेडिकल अधिकृत महेश श्रेष्ठको टोली पनि शिविरमा औषधिसहित पुगेको छ । शिविरमा मुसिकोट हेल्थपोस्ट, वामी हेल्थपोस्ट र वडागाउँ हेल्थपोस्टबाट पनि स्वास्थ्यकर्मी र औषधिसहितको टिम परिचालन गरेर नियन्त्रण प्रयास भइरहेको मुसिकोट नगरपालिका प्रमुख सापकोटाले बताउनुभयो  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.