Websoft University

संसद अधिवेशन आजबाट सुरु हुँदै


काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,२०७६ संघीय संसदको चौंथो अधिवेशन आजबाट सुरु हुँदैछ । बजेट अधिवेशनको नामले समेत परिचित अधिवेशनबाट सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गर्नुका साथै वार्षिक नीति तथा कार्यक्रम समेत सार्वजनिक गर्ने बताईएको छ । 

प्रतिनिधिसभा र राष्ट्रिय दुबै सदनको बैठक अपरान्ह चार बजेका लागि बोलाईएको छ । छुट्टाछुट्टै बस्ने बैठकको पहिलो सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नु भएको पत्र पढेर सुनाउने कार्य सूची रहेको  छ । पहिलो सत्रमा सत्तारुढ तथा प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावना छ । 

दोस्रो सत्रमा संसदको तेस्रो अधिवेशन अन्त्य भएको गत चैत ११ गतेपछि निधन भएका सांसद तथा पूर्व सांसदहरु प्रति शोक प्रस्ताव पारित हुने संघीय संसद सचिवालयले जनाएको छ ।

पूर्व सांसद एवं उद्योगी दिवाकर गोल्छाको चैत २६ गते, पूर्व सांसद रुद्रमणि शर्मा भण्डारीको चैत २८ गते तथा पूर्वमन्त्री एवं कांग्रेस नेता रामकृष्ण ताम्राकारको बैशाख १० गते निधन भएको थियो ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.