Websoft University

नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौता आज चीनमा हस्ताक्षर हुँदै


काठमाण्डौ बैशाख १६ गते । रातो तारा डट कम,नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौता आज हस्ताक्षर हुँदैछ । सम्झौतासँग आजैदेखि औपचारिक कार्यान्वयनमा आउने भएको छ । सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुई मुलुकका राष्ट्र प्रमुखको उपस्थितिमा आज हस्ताक्षर हुनेछ ।
प्रोटोकलमा हस्ताक्षरपछि नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म हुनेछ । राष्ट्रपति भण्डारीले आज बिहान बेइजिङको केन्द्रभागमा रहेको थ्येनआनमन स्क्वायरस्थित सहिद स्मारक स्तम्भमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । आजै दिउँसो चिनियाँ समकक्षी सीसँग द्विपक्षीय वार्ताको कार्यक्रम छ ।

त्यही अवसरमा परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ यातायातमन्त्री ली सियाओपिङले चीन–नेपाल यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने कार्यक्रम छ । द्विपक्षीय वार्तामा पारस्परिक महत्त्वका साथै नेपालको चौतर्फी विकासका पक्षमा थप सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको चीनबाट पत्रकार लक्ष्मी लम्सालले जानकारी दिनुभयो ।

चोरी–निकासी नियन्त्रण, गुणस्तर कामय गर्ने, सूचना आदानप्रदान, सीमा भन्सार व्यवस्थित गर्नेजस्ता विषयमा केही सहमति र छलफल हुने छ । गणतन्त्र स्थापनाको दशकपछि नेपाली राष्ट्रपतिको राजकीय चीन भ्रमणको अवसरमा चिनियाँ राष्ट्राध्यक्षसँग द्विपक्षीय औपचारिक वार्ता पनि भएको छ ।आजै साँझ चिनियाँ कम्युनिस्ट पार्टी अनुशासन आयोगका प्रमुख चाउ लचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटपछि चाउले राष्ट्रपति भण्डारीको सम्मानमा आयोजित रात्रिभोज कार्यक्रम राख्नु भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.