Websoft University

नेपालकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा आज ताम्रपत्र अनावरण


मोहनकुमार राई-वैशाख १५ गते । रातो तारा डट कम, संखुवासभा÷चैनपुर नगरपालिका वडा नं. ३ स्थित नेपालकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा लगाइएको ज्ञानमहायज्ञमा दानगर्नुहुने दाताहरुको नाम ताम्रपत्रमा लेखन गरी एक कार्यक्रमको वीच पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहबाट ताम्रपत्र अनवरण भएको थियो ।

ताम्रपत्र अनवरण कार्यक्रमको अवसरमा सत्यदेवीको दाहिने आँखा पतन भएको यस धार्मिक शक्तिपीठको समग्र विकासको लागि पुराणको आयोजना गरेरकोमा खुशी व्यक्त गर्दै आफुले सबै तह र तप्काबाट लाग्ने प्रण गर्दै ऐतिहासिक मन्दिरको संस्थागत विकास देख्दा आफु हर्सित भएको सिंहले  वताउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्रीहरु बलबहादुर केशी, राजन केशी, पूर्व राज्य मन्त्री सरिता प्रसाई, दिपक खड्का, संखुवासभा जिल्ला अदालतका जिल्ला न्यायधिस प्रकाश राउत लगायतको गरिमामय उपस्थितिमा नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं  पूर्व उप प्रधानमन्त्री सिंहले सो ताम्रपत्र अनावरण गरिएको थियो । 
पुराण आयोजक समितिका अध्यक्ष खगेन्द्र अधिकारीले  मन्दिरको समग्र अवस्थाको चर्चा गर्नुहुँदै धार्मिक एवं पर्यटकीय प्रर्वधन गर्ने उद्देश्यका साथ लगाइएको ज्ञानमहायज्ञ सप्ताह पुराणमा दानवीर दाताहरुबाट प्राप्त रकमबाट  पुराणमा लागेको खर्च कटाएर मन्दिर परिसरमा पर्खाल निर्माण, मन्दिर परिसरमा मञ्च निर्माण लगायतको कार्य गर्ने समेत वताउनुभयो ।

कार्यक्रम सञ्चालक एवं पुराण आयोजक समितिका कोषाध्यक्ष प्रेम प्रसाद दाहालले पुराणको आय–व्याय विवरण प्रस्तुत गर्नुभएको थियो । पुराणमा दाताहरुबाट २१ लाख रकम उठेकोमा ११ लाख, पर्खाल निमार्ण ८ लाख खर्च भएको समेत उल्लेख गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.