Websoft University

विप्लपका तीन जना कार्यकतालाई प्रहरीले हतियारसहित पक्राउ गर्यो



विराटनगर । रातो तारा डट कम, सरकारले प्रतिबन्धित लगाएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टी मोरङका इन्चार्जसहित तीन जना कार्यकतालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले विप्लप समूह मोरङका इन्चार्ज सुन्दर हरैचा नगरपालिका –१० का ५० वर्षिय नरेश भनिने कृष्ण चौलागाई, विप्लप समूहको मोरङ सञ्चार विभाग प्रमुख विराटनगर ८ मा ३० वर्षिय छितिज पौडेल र पथरीशनिश्चरे नपा ३ का सिद्धार्थ टोलका ५६ वर्षिय विप्लपका जिल्ला सदस्य चिरिञ्जिव धिताललाई पक्राउ गरेको हो ।

उनीहरुले बेलबारी नगरपालिका – ५ रामपुर स्थित सुनसरी–मोरङ आयोजनाको नहर केराबारीमा लुकाई राखेको १ थान कटुवा पेस्तोल र २ थान गोली बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । प्रहरीले उनीहरु मध्ये चौलागाइ र पौडेललाई शुक्रबार मोरङको बेलबारी नपा ५ कसेनीबाट पक्राउ गरिएको हो ।

धिताललाई प्रहरीले आइतबार पथरीबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई आइतबार मात्र हतियारसहित सार्वजानिक गरेको छ । विप्लव समूहका कार्यकर्ताहरू हातहतियारसहित चन्दा असुल गरी हिडेको सूचना आएपछि उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले आइतबार मोरङ अदालतमा पाँच दिनको म्यात थप गरि अनुसन्धान अगाडी बढाएको छ ।

पक्राउ परेका विप्लप समूहका इन्चार्ज चौलागाइले गत भदौ २१ गते ईटहरी उपमहानगरपालिका –९ स्थित गोदावरी स्कूलको कम्पाउँटमा बम बिष्फोट गराएको आरोपमा इप्रका इटहरीले अनुसन्धान गर्दै आएको बताइएको छ । यस्तै गत भदौ २३ गते झापा विर्तामोङ नगरपालिका २ चारपाने चोक स्थित सहारा नेपाल सहकारी संस्थामा बम बिष्फोटमा संलग्न भएको प्रहरीको आरोप छ । उनीमाथि ईप्रका अनारमनी विर्तामोटबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.