Websoft University

युवा समाजसेवी निरौलाको नेतृत्वमा खाद्य सामग्री प्रदान,


सुनसरी इटहरी पुस १५ गते । रातो तारा डट कम, इटहरी, इटहरीका युवा समाजसेवी राम निरौलाको सक्रियतामा मायाघरलाई खाद्यन्न प्रदान गरिएको छ । इटहरी र सोसियल रिकन्ड्रक्सन फाउन्डेसनमार्फत इटहरी–२ स्थित मायाघर नेपाललाई खाद्य सामग्री प्रदान गरिएको हो । 

विपन्न मानिसको सहारा बनेर सेवा गर्दै आएको मायाघरलाई निरौलाको नेतृत्वमा रहेको फाउन्डेसनले खाद्यन्न प्रदान गरेको थियो । गत मंसिर २६ गते इटहरीमा आयोजना गरिएको म्युजिक फेस्टिभलबाट संकलित रकमले असाहायलाई सहयोग गरिएको फाउन्डेसनका अध्यक्षसमेत रहेका निरौलाले बताए । 

सामाजिक कार्यमा सक्रिय निरौलाले समाजसेवी युवा दीपेन्द्र बजगाईं, निकेस खतिवडा, रिवाज आचार्य, रमेश खड्का, अशोक धमाल, निमा तामाङ, नविज बजगाईंसँगको सहकार्यमा खाद्य सामग्री प्रदान गरेका हुन् । फाउन्डेसनको स्थापना गरी आफू निरन्तर समाजसेवामा खटिएको निरौलाले जानकारी दिए । 

संस्थाले यसअघि आँखा शिविरलगायतका कार्यसमेत गरेको उनले बताए । चार महिना पहिले मात्र स्थापना भएको संस्थाले निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको छ । संस्थाको गतिविधि देखेर स्थानीयसमेत निकै खुसी भएका छन् । निस्वार्थ भावले सबैले असहाय र गरिबलाई सहयोग गर्ने हो भने कोही पनि भोकै बस्न नपर्ने स्थानीय अर्जुन कार्कीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.