Websoft University

छिनमै हँसाउँदै छिनमै रुवाउँदै सकियो ‘छिंडीभरिको आकाश’


विराटनगर, पुस १४ गते । रातो तारा डट कम, छिनमै हँसाउँदै छिनमै रुवाउँदै ‘छिंडीभरिको आकाश’ नाटकको मञ्चन सकिएको छ । गत मंसिर २८ गतेदेखि विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाटकको मञ्चन सुरु  भएको थियो । वरिष्ठ साहित्यकार परशु प्रधानले चार दशकअघि लेखेका थिए– ‘छिडीभरिको आकाश’ कथा । 

प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर विभिन्न जिल्ला पुग्दा देखेको घटनालाई प्रधानले कथामा उनेका
थिए । युवा साहित्यकार कट्वाल दीपकले कथाको नाट्य रुपान्तरण तथा निर्देशन गरेका हुन् । हरेक दिन हाउसफुल रुपमा मञ्चन भएकोनाटकले दव्र्यसनले एउटा परिवारलाई कसरी तहसनहस बनाउँछ भन्ने देखाएको थियो । नाटकले रुवाउने मात्रै होइन पेट मिचिमिची हसाएको थियो । हसाउने र रुवाउने सिन भएकाले पनि दर्शकले बढीरुचाए ।

नाटक हेरिरहँदा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीमात्रै होइन मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारी, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका कोषाध्यक्ष नन्दकिशोर राठी, प्याब्सन मोरङकी वरिष्ठ उपाध्यक्ष शितला सुब्बा, सचिव प्रेमलाल सुवाल, वरिष्ठ समाजसेवी वेनिगोपाल मुन्दडालगायत पनि आँसु झार्न बाध्य भए ।

आँसु थाप्न नसकेपछि गोजीबाट ?माल झिकेर आँसु पुच्छ बाध्य भए उनीहरू । “वास्तवमै नाटकले आँसु नै झा¥यो,”उपमेयर कार्कीले भनिन्,“नाटकको कथामा घटेको घटनाक्रमभन्दा माथि उठ्न सकेको छैन अझै पनि हाम्रो नेपाली समाज ।”नाटकबाट प्रभावित भएर समाजसेवीसमेत रहेका राठीले कलाकारलाई प्रोत्साहित गर्न १० हजार रुपैयाँ प्रदान गरे ।

नाटकले कुलतका कारण परिवार ध्वस्त भएको विषयलाई मात्रै उठान गरेकोछैन । बेरोजगारी, महिला हिंसा, बालमनोविज्ञानलाई पनि सशक्त रुपमा उठाएको छ । ३२ वटा शो हाउसफुल रुपमा भएको आयोजक विराट आदर्श साहित्य मञ्चका अध्यक्षसमेत रहेका कटवालले बताए । ११ हजारभन्दा बढी दर्शकले नाटक हेरेको आयोजकको भनाइ छ । 

विद्यालय र क्याम्पसहरूले अग्रिम शो बुकिङ गरेर विद्यार्थीलाई नाटक देखाएका थिए । ग्रामीण र सहरिया जीवनलाई सशक्त रुपमा उठान गरिएको नाटक मानिसलाई सही मार्गमा लाग्न प्रेरित गर्ने खालको भएकाले पनि दर्शकको चाप बढेको पत्रकारसमेत रहेका आयोजक संस्थाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितको भनाइ छ ।

“दुव्र्यसनका कारण एउटा परिवार कसरी ध्वस्त हुन्छ भन्ने विषय कारुणिक रुपमा प्रस्तुत गरिएकाले पनि नाटकले दर्शकको मन जित्न सफल भयो,”नवोदितले भने, “नराम्रो काममा लाग्दा कस्तो परिणाम प्राप्त हुन्छ भन्ने सन्देश दिएकाले पनि विद्यार्थीले बढी रुचाए ।” अहिले विद्यार्थीलाई नाटक देखाउनु भोलिका दर्शक तयार गर्नु भएको उनको भनाइछ ।

 “हामीले भोलिका दर्शकसमेत तयार गरिरहेका छौं,” नवोदितले भने । नाटकमा अभिनय गर्ने सबै कलाकार विद्यार्थी हुन् । विराटनगर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेकोथियो । मुख्य प्रायोजकमा काबरा ग्रुपको बुलेट चाउचाउ, प्रायोजकमा नमस्कार होटल म्यानेजमेन्ट स्कुल र सहप्रायोजन सोम्स कलेज गरेका थिए । नाटकमा सन्देश बाराकोटी, अनुसा कटवाल, रमेश तिमल्सिना, अनिलखत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, विवेक आचार्य, पार्वती कटवाल, अनुसा भण्डारीले अभिनय गरे ।

मञ्चले यो नाटक यसअघि पनि आरोहण गु?कुलमा दुईपटक मञ्चन भइसकेको थियो । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटकसमेत मञ्चन गरिसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.