Websoft University

राजिवको “सानीमाया” बजारमा ( भिडियो )



काठमाण्डौ पुस १४ गते । रातो तारा डट कम,गायक राजिव लामाले लोक-पप भाकामा आधारित “सानीमाया” बोलको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक  गरेका छन् । नयाँ बर्षको उपलक्ष्यमा संसार भरी छरिएर बसेका  नेपाली संगीतप्रेमीलाई उपहार स्वरूप गीतको लिरिकल भिडियो  गायक लामाको आफ्नै यूट्यूब च्यानल मार्फतसार्वजनिक गरिएको छ ।



जापानको बेस्त सहर नागोयालाई आधार बनाउदै बिगत १३ वर्ष अगाडी देखि बस्दै आएका चर्चित नेपाली गायक राजिव लामाले “ देउराली थानको मन्दिरमा”, “जाऊ जाऊ साथी रेलैमा” “वन लभ”, “टोक्यो शहरमा” , “हामी नेपाली” र “कान्छी सुनन” जस्ता  चर्चित गीतहरुको सफलता पश्चात पुन: एकपटक छुट्टै जनरा लोक-पप “सानीमाया”बोलको गीत सार्वजनिक गरेका हुन् ।


यस गीतमा शब्द , संगीत र स्वर स्वयम् गायक राजिव लामाको रहेको छ  भने गीतको संगीत संयोजन रोमन बज्राचार्यले गरेका हुन् ।गीतमा आफ्नै गाउँ-घर, भिर-पाखा, डाँडा-भन्ज्याङ र खोला-नालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको सानीमाया लाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ ।


जापानमा बसेर नेपाली गीतसंगीत र सिनेमालाई प्रमोट गर्दै आइरहेका लामा एक इभेन्ट म्यानेजर समेत हुन् । यसैक्रममा नयाँ वर्ष २०२०को उपलक्ष्यमा आउँदो जनवरी ४ तारिख लास्सो एभ्रेष्ट ईन्टरनेशनलले आयोजना गरेको “सरौतो फिल्मी एंड म्युजिकल कन्सर्ट”मा उनको प्रस्तुति रहेने छ । उक्त कार्यक्रममा अभिनेता तथा नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा, सुमी मोक्तान र समिर तिमिल्सिनाको समेत सहभागिता र प्रस्तुति रहने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.