Websoft University

तालका माछा मर्न थाले


काठमाण्डौ पुस १४ गते । रातो तारा डट कम,मुगुको रारा तालमा रहेका माछा मर्न थालेका छन । एक सातादेखि तालमा माछा मरेर तैरिन थालेका हुन् । रारा तालमा रहेका असला माछा धमाधम मर्न थालेपछि रारा ताल दुर्गन्धित भएको छ । माछा मरेर तालको किनारदेखि बीच भागमा उत्रिन थालेपछि जलेवा, हाँसका प्रजाति र कागलगायत चराले टिपेर खान थालेका छन् । जंगलको विषादीका कारण माछा मरेको अनुमान गरिएको छ ।

मरेका माछा खान रारा मध्यवर्ती बस्तीका बासिन्दा पनि डराएका छन् । मरेका माछाले गर्दा वरपरको वातावरण प्रदूषित भएको मुर्मा गाउँका बिर्खबहादुर रोकायाले बताउनुभयो । एक सातादेखि तालमा माछा मरेर तैरिन थालेको उहाँले बताउनुभयो।तालमा डुङ्गा सवार गदागर्दा रबरका डुङ्गा वरिपरि मरेका माछा भेटिन्छन् । 
हिमपातले गर्दा वनजंगलको विषादियुक्त जडीबुटी बगेर तालमा आउँदा माछा मरेको हुन सक्ने रारा राष्ट्रिय निकुञ्ज अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । यसबारे अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ । करिब २९ सय २९ मिटर उचाइमा रहेको तालमा असला माछा नासिए के हुने होला भन्दै आसपासका बासिन्दाले चिन्ता गरेका छन् । माछाको प्रजाति रारातालमा मरेको यो पहिलो घटना हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.