Websoft University

ट्याक्टर व्यावसायिहरुले उदयपुरको बेलका नगरपालिकाको कार्यालय घेराउ गरे


श्याम राइ गाइघाट पुस १५ गते । रातो तारा डट कम, नगरप्रमुखले जबरजस्ती ट्याक्टर पक्राउ गरेर प्रहरीलाइ बुझाएको विरोधमा ट्याक्टर व्यावसायिहरुले उदयपुरको बेलका नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । नगर प्रमुख दुर्गा कुमार थापाले शनीबार गिटी बालुवा बोकेको ३ वटा ट्याक्टर पक्राउ गरेर प्रहरीलाई बुझाएपछि आन्दोलित भएका स्थानिय ट्याक्टर व्यावसायि र चालकले सोमबार साझ देखी नगरपालिका कार्यालय घेराउ गरेका छन् । 

उनीहरुले पक्राउ गरीएका ट्याक्टर तत्काल छाड्नुपर्ने र स्थानिय ट्याक्टर व्यावसायिहरूलाई नदिजन्य पदार्थ ओसार पसार गर्न सहज बनाउनुपर्ने माग राखेका छन् । झण्डै ४० वटा ट्याक्टर कार्यालय अगाडी र रामपुर चतरा सडक खण्डको मुख्य सडकमा तेस्र्याएर सडक जाम गरेपछी नगरपालिकाको सेवा मंगलबार पूरै ठप्प रहेको छ भने पूर्व पश्चिम चल्ने यातायात सेवा समेत अवरोध भएको छ । 

ट्याक्टर व्यावसायिले मेयर थापाले पूर्वाग्राही बनेर आफूहरुको गाडी जवरजस्ती प्रहरी लगाएर नियन्त्रणमा लिएको बताएकाछन् । ढुङ्गा गिटी उत्खनन् गरी टिपरले ओसारपसार गरीरहेको विरोधमा एक महिना अघि स्थानियले गरेको विरोधमा ट्रयाक्टर व्यावसायिहरुले समेत साथ दिएको घटनापछि मेयर थापाले रिसिइवी साधेर गाडी पक्राउ गरेको व्यावसायीहरुले बताएका छन् । 

नियम विपरित ढुङ्गा गिटि उत्खनन् गरी ओसार पसार गरेको भन्दै स्थानियले गरेको आन्दोलनमा हामीले गरेको सहयोगबाट मेयर रुस्ट भएर अहिले हामीलाई दुःख दिने काम भएको ट्याक्टर व्यावसायि चन्द्र कार्कीले भने ।‘ अहिले मेयर आफै ट्याक्टर पक्राउ गरी हिडीरहनु भएको छ ’ उनले भने । 

नगरपालिकाले नगर क्षेत्रभित्र लगाएको नदिजन्य पदार्थको उत्खनन् र विक्री वितरणको ठेक्कामा ठेकेदारले जथाभावी उत्खनन् गरेको भन्दै रामपुरका बासीन्दाले गरेको आन्दालन पछि नगरपालिकाले ठेक्का रद्ध गरेको थियो । ठेक्का रद्ध पछि अहिले नदिजन्य पदार्थको नया ठेक्का नलागेको अवस्थामा ट्याक्टर व्यावसायिले स्थानिय नदीनालाबाट नदिजन्य पदार्थ ओसारपसार गरी रहेका छन् । तर नगर पालिकाले अहिले ठेक्का नलागेकोले नदिजन्य पदार्थको विक्री वितरण पूर्ण रुपमा रोक लगाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.