Websoft University

बेलबारी प्रहरीद्वारा हराएको मोबाइल फेलापारि मोबाइल धनी लाई हस्तान्तरण


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,ईलाका प्रहरी कार्यलय बेलबारीले विभिन्न मितिमा हराएका ११ वटा मोबाइल फेला पारी संबंधित मोबाईल धनीलाई बुझाएको छ।

पछिल्लो समय ईलाका प्रहरी कार्यलय बेलबारीले मोबाइल डेक्स खडा गरि निवेदन लिने र खोजी तथा अनुसन्धान गर्दै आएको छ। ईलाका प्रहरी कार्यलयको यस कार्यक्रमप्रभावकारी बन्दै गएको छ।

आइतबार इ.प्र.का बेलबारीका प्रमुख गुणराज बुढाथोकीले प्रेस मिटका बिच फेला परेका ११ थान मोबाइल सेट संबंधित मोबाइल धनीलाई बुझाएका हुन ।

मोबाइल प्राप्त गर्नेमा केराबारी,मोरङका केदार मगर, चैनपुर ११ संखुवासभाका चिरञ्जीवी पाण्डे, बेलाबारी ११ मोरङ्का एलिना राई , बेलबारी १ मोरङका कुमारी गुरुङ, सुन्दरहरैचा २ का टंक बि.क , इटहरी २ कि सजिना राई , धरान १८ सुनसरीका धनराज लिम्बु, इनरुवा सुनसरीका डम्बर कार्की , भक्तपुरका संजय क्षेष्ठ , बेलबारी ५ का भुद्री देवी माझी , बेलबारी ६ का लक्ष्मण धामी रहेका छन। हराएको मोबाइल पाए पछि मोबाइल धनीहरुको मुहारमा सुखी छाएको थियो।

हराएको मोबाइल प्राप्त गर्दै सुन्दरहरैचा २ का टंक बिकले खुसी हुँदै दुई महिना अघि हराएको मोबाइल फेला पर्ने कुनै आशा नरहेको तर बेलबारी प्रहरीले फेला पारिदिएकोमा ईलाका प्रहरी कार्यलय बेलबारीलाई धन्यवाद ब्यक्त गरे।

मिति ०७६-३-२४ गते बेलबारी ६ बोनल स्थित लक्ष्मण धामी खवासको घरबाट सुनको गहना कानवाजा १ जोर, सिक्री १, नथिया १, सिरवन १, चादीको हार २५ तोला, ब्रासलेट ४/४ तोलाको २ थान चोरीको घटनामा मोरङ बेलबारी ९ का बर्ष ३२ को आशेदेवी चौधरीलाई चोरीका सामानसहित पक्राउ गरिएको र निजसंग सुन खरिद गर्ने बेलाबारी ११ लक्ष्मिमार्ग स्थित अमृता दक्षिणकाली ज्वेलर्सका संचालक हजिन्द्र बिश्वकर्मालाई समेत नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको इ.ल.का बेलबारी प्रमुख गुणराज बुढाथोकीले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.