Websoft University

प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा ७ वटा स्कूल विजयी भइ क्वाटरफाइनलमा प्रवेश


विराटनगर, मंसिर २९ गते । रातो तारा डट कम, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा ७ वटा स्कूल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरमा आइतबार भएको खेलमा डिपिएस, बालमिकी, डनबक्सको, सेन्टजोसेफ, जेभियर्स,बिकेभिएम, ज्ञान सारथी स्कूल  विजयी भइ सेमिफाइनमाल प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा डिपिएसले ग्रिनल्याण्डलाई टाइब्रकेरमा ६–४ गोलले पराजित ग¥यो । निर्धारित समयसम्म गोल रहित खेल बराबरी भएपछि टाइब्रेकरबाट खेलको छिनाफानो भएको हो । दोस्रो खेलमा बालमिकीले मोर्डन एरालाई १–० गोलले हरायो ।

तेस्रो खेलमा डनबक्सकोले कान्तिपुर निकेतनलाई २–१ गोलले जित्यो ।  चौथो खेलमा  जेभियर्स स्कूलले सगरमाथा स्कूललाई सडन देथमा ५–४ गोलले निराश बनायो । पाँचौ खेलमा सेन्टजोसेफले जनक मेमोरियललाई १–० गोलले जित्यो ।

छैठौं खेलमा बिकेभिएमले मालबिकीलाई ५–० गोललेहरायो । सातौं खेलमा ज्ञानसारथीले सारदा स्कूललाई २–१ गोलले पराजित ग¥यो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.