काठमाडौँ, लमजुङको भोर्लेटारमा अबस्थित नारायणी आमा समुहले बिगत लामो समयदेखि सामाजिक काम गर्दै आईरहेको छ।लमजुङ जिल्लाकै सकृय आमा समुहका रुपमा चिनिएको उक्त आमा समुहले लमजुङको पिस्ती दोभान मरन घाट अर्थात् माहीन्द्री गंगा मादी दोभानमा वर्षमा एक चोटी आउने नेपाली हिन्दु धर्मावलम्बीहरुका लागी नदीमा फूल तार्न तुलशी स्तम्भ नामक पीलरको समेत् स्थापना गरेको छ।
त्यस्तै उक्त मरनघाटमा लाशको दाहसंस्कार गर्नका लागि सम्सानघाटको पनि स्थापना गरीएको छ,भने मलामी हरुलाई पानी झरी पर्दा बस्नका लागि ठाँटीको समेत् स्थापना गरीएको छ। त्यहाँका स्थानीयबासी,नगरपालिका,स्थानीय सरकार,र नारायणी आमा समुहको सकृयता र सहयोगमा घाटको यती काम पुरा भएको नारायणी आमा समुहले स्कटनेपाललाई जानकारी दिएको छ।
लमजुङकै अति पुण्य घाट मानिने उक्त पिस्ति दोभान मरनघाटको वरीपरी सुन्दर हरीयाली बगैँचा बनाउनका लागि मध्यनेपाल नगरपालिकाको तर्फबाट पनि केही सहयोग आउने आश्वासन आफूहरुले पाएको कुरा पनि नारायणी आमा समुहले हामीलाई बतायो।
साथै यी सबै कामहरु पुरा गर्नका लागि हातमा हात मिलाएर,काँधमा काँध मिलाएर,सहयोग गरीदिनुहुन स्वदेश तथा विदेशमा छरीएर रहनुभएका सम्पूर्ण लमजुङबासी आमा बुबा दाजु भाई तथा दिदी बहिनीहरुमा नारायणी आमा समुहले अपिल समेत गरेको छ।
Post a Comment