Websoft University

मखमलीको ट्रेलर सार्बजनिक चलचित्र मंसिर १३ गते बाट प्रदर्शन हुँदै,



काठमाडौं  मंगसिर १ गते । रातो तारा डट कम, चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक भएको छ । यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ ट्रेलर एकदमै राम्रो बनेको छ । निर्माण पक्ष अहिले फिल्म प्रचारका लागि तिब्र रुपमा लागेको छ ।

चलचित्र “मखमली मखमली” मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालको आफ्नै जिवनमा घटेको घटनामा आधारित भई यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ समेटिएको चलचित्रमा नायक जयकिशन बस्नेतले हसाउँछन भने मखमली बनेकि शुभेच्छा थापाको कारुणिक अभिनयले जोसुकैको मनमा पनि एकचोटी चस्का लाग्छ । 

यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ ।  निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत दमदार अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् भने सावित्रा चिलवाल एक कुशल गीतकारको रुपमा समेत प्रख्यात छिन ।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।
सत्य कथामा आधारित चलचित्र भएको हुँदा चलचित्रलाई सम्पूर्ण नेपालीहरुले माया गरि सिनेमाघर सम्म गई हेरिदिनु हुन्छ भन्नेमा निर्माण पक्ष ढुक्क छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.