Websoft University

मेलम्ची आयोजनाको काम सरु


काठमाण्डौ मंसिर १ गते । रातो तारा डट कम,एसियन डेभलपमेन्ट बैंक (एडिबी)ले सन् २००१ मा सम्झौता गरेको मेलम्ची खानेपानी आयोजनाको कामले गति लिएको छ । अहिले आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै १ सय ५० कामदार कार्यरत छन् । 

अन्य ५० कामदार आगामी सातासम्ममा थप गरी पूर्ण रुपमा काम अघि बढाउने कम्पनीको योजना छ । सिएमसीले निर्माण गरिसकेका संरचनाहरुको अन्तिम काम (फिनिसिङ) गर्न सुरु गरिएको हो । अहिले सुरुङको सबलीकरण र बाँकी सुरुङभित्रै ८ सय मिटर क्षेत्रमा कंक्रिट ढलानको काम अघि बढिरहेको छ । 

पछिल्लोपटक काम गरेको इटालियान कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महिनापछि अहिले नयाँ कम्पनीले बाँकी निर्माणका काम सुरु गरेको छ । विना अवरोध योजना मुताबिक निर्माण कार्य अघि बढे अबको १४ महिनामा आयोजना सम्पन्न हुने अनुमान गरिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.