Websoft University

ऐतिहासिक गढीमाइ मेला आज देखी


काठमाण्डौ मंसिर १ गते । रातो तारा डट कम, बिश्वप्रशिद्ध बाराको गढीमाई मन्दिरमा लाग्ने पञ्चबर्षिय मेला आजबाट सुरु हुँदैछ । हरेक पाँच÷पाँच बर्षको मंसीर महिनामा लाग्ने यो मेला यस बर्ष मंसिर १ गतेदेखी सुरु हुन लागेको हो । 

 एक महिनासम्म लाग्ने यस मेलाका लागी आन्तरिक तयारी सम्पन्न भएको गढीमाई मन्दिर सञ्चालन तथा बिकास समितीले जनाएको छ । मेलामा यसबर्ष एक करोड दर्शनाथी आउने अपेक्षा गरिएको भन्दै समितीले सोही अनुरुप ब्यवस्थापन गरिएको जनाएको छ । 

नेपाल भारत र तेस्रो मुलुकबाट समेत आउने दर्शनार्थीका लागि सहज रुपमा मन्दिर दर्शनको ब्यवस्था मिलाउन र बिशेषगरी खानेपानी र शौचालयको पहुँच सहज बनाउन समितीले ध्यान दिएको समितीका अध्यक्ष रामचन्द्र साह तेलीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.