Websoft University

महासंघको कोरोना उपचार कोषमा भण्डारीको ११ हजार सहयोग

 


विराटनगर, ७ असार । रातो तारा डट कम, नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको  कोरोना उपचार कोषमा पत्रकार महासंघ मोरङका सदस्य तथा अग्रज पत्रकार तेजेन्द्र भण्डारीले ११ हजार सहयोग गर्नुभएको छ । उहाँले आज विहान पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाललाई ११ हजार रुपैयाँ नगद हस्तान्तरण गर्नुभयो । महासंघले स्थापना गरेको कोषमा सहयोग हस्तान्तरण गर्दै महासंघका सदस्यहरुलाई पत्रकार भण्डारीले आग्रह पनि गर्नुभयो । 

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार शंकर खरेल, महेन्द्र विष्ट, सचिव नेत्र पी अधिकारी, कोषाध्यक्ष अभय राईको उपस्थिति रहेको थियो ।

कोरोना उपचार कोषमा हालसम्म करिव साढे ३ लाख रकम जम्मा भईसकेको कोषाध्यक्ष राईले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.