Websoft University

निसासिएर २ को मृत्यु

 

मोहन कुमार राई - असार ७ गते । रातो तारा डट कम, संखुवासभा, खाँदबारी नगरपलिका–४ स्थित सेकाहामा सेफ्टिक ट्याङ्की निसासिएर दुई जनाको मृत्यू भएको छ ।

आइतवार शौचालयको नयाँ सेफ्टिक ट्याङ्कीको भित्रको सटिङ खोल्ने क्रममा ट्याङ्की भित्र छिरेका खाँदबारी–४ सेकाहाका २५ वर्षीय ईश्वर राई र ३३ वर्षीय ताराबीर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक कविन राईले बताउनुभयो । 

स्थानीय नरेश गुरुङले बनाएका नयाँ घरको सेफ्टिक ट्याङ्की भित्रको सटिङ खोल्न क्रममा ईश्वर ट्याङकी भित्र पसेका थिए । उनी भित्र बेहोस भएको देखेपछि उनी सँग काम गर्ने  ताराबीर ट्याङ्की भित्र पस्दा उनी समेत बेहोस भएपछि स्थानीयहरुले ट्याङ्की फुटाएर उनिहरुलाई बाहिर निकालेका थिए । उद्धारको लागि ट्याङकीमा छिरेका अर्का युवा समेत सामान्य विरामी परको थियो । नजिकैको स्वास्थ्य चौकीबाट ल्याएको अक्सिजन प्रयोग गर्दै दुवै जनालाई बाहिर निकालेको स्थानीय रविन गुरुङ बताउनुभयो । 

ट्याङकी भित्र पसेका दुवै जना गम्भीर घाइते भएपछि हतार–हतार आइतबार साँझ जिल्ला अस्पताल खाँदबारी ल्याई पु¥याएका थिए । अस्पताल आइपुगेको केहीसमय पछि अस्पतालले करिब ८ बजेतिर मृत घोषणा गरेको थियो । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ति दुवै जनाको लाश जिल्ला अस्पतालको शब गृहमा राखिएको छ । आजै शव पोष्टमार्टम गरिने समेत प्रहरीले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.