Websoft University

रसुवागढी नाका सञ्चालनमा आयो


काठमाण्डौ असार ७ गते । रातो तारा डट कम,अविरल वर्षापछि आएको पहिराले अवरुद्ध त्रिदेशीय मार्गको रुपमा रहेको रसुवागढी नाका सञ्चालन भएको छ । पहिराले रसुवागढी नाका जोड्ने सडक भण्डै एक सातादेखि अवरुद्ध भएको थियो । नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय मार्गको रुपमा रहेको स्याफ्रुवेशी–रसुवागढी सडक खण्डमा झरेको पहिरो पन्छाउने काम सकिएसँगै ६ दिनपछि सडक सञ्चालनमा आएको रसुवा प्रशासनले जनाएको छ । 

पहिरोले सडक पुरै लगेपछि सरोकारवालाको सक्रियतामा ब्लाष्टिङ गरेर सडक सञ्चालनमा ल्याइएको सहायक प्रजिअ दुर्गा थापाले बताउनुभयो । स्याफ्रु रसुवागढी सडकखण्डको लिङलिङमा गएको पहिरो पन्छाउने काम सकिएसँगै सवारी साधन सञ्चालन हुन थालेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

सडक सञ्चालनमा आएसँगै ४५ वटा कन्टेनर काठमाडौंतर्फ पठाइएको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.