Websoft University

अब नेपाली सेना पनि भारतको जिम्मा-कस्तो राष्ट्रघाती सम्जोैता हो यो ?


काठमाडौं, भदोै १४ गते । रातो तारा डट कम,
प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिवसीय भारतको राजकिय भ्रमण सकेर नेपाल फर्किएको पनि तीन दिन भइसकेको छ । समग्रमा उनले यसअघि प्रधानमन्त्री हुंदा जस्तो राष्ट्रघाती सन्धि–सम्झौता गरेनन् भन्दा फरक नपर्ला ।

तर, उनका दुई वटा अभिव्यक्तिले भने उनलाई विवादास्पद र चर्चामा ल्यायो । पहिलो थियो–‘संविधान संशोधनको प्रयास फेरी गरिनेछ ।’ दोस्रो, ‘चीन नेपालको असल छिमेकी हो । चीनबाट नेपाललाई कुनै खतरा छैन् ।’ तर भारत भ्रमणबाट नेपाललाई उपलब्धी भने खासै हात लागेको देखिएन ।

भारतले दोक्लामको पक्षमा नेपाललाई उसको पक्षमा उभ्याउने अड्कलबाजी गरिएको थियो, त्यो अभिष्ट पनि पुरा हुन सकेन। प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणका क्रममा संयुक्त पत्रकार सम्मेलन भयो ।

सो पत्रकार सम्मेलनको सम्बोधन सकिएलगत्तै फेरी नेपाल–भारत संयुक्त विज्ञप्ति जारी गर्ने तयारी भयो । संयुक्त विज्ञप्तिमा भारतीय परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जालझेल गर्न खोजे पनि नेपाली पक्षको सबल अडानका कारण कुनै पनि विवादस्पद शब्द घुसेनन् ।

तर ४६ बुंदे संयुक्त विज्ञप्तिको बुंदा नम्बर ११ र १२ भने नेपाली सेनाभित्र पनि भुईचालो ल्याएको छ । सो बुंदामा नेपाल–भारत सुरक्षा सहकार्यलाई अझ बलियो बनाउने भनिएको छ । ११ नम्बर बुंदामा त भारतीय सेना र नेपाली सेनाबीच थप सैनिक सहकार्य गर्ने कुरा मात्र उल्लेख छैन, नेपाली सुरक्षा बललाई भारतले तालिम दिने कुरा समेत उल्लेख छ ।

त्यसका अतिरिक्त नेपाली सुरक्षा बललाई आवश्यक सामान उपलब्ध गराउने भनिएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपाल–भारतबीच भएको सम्झौताको ११ नम्बर बुंदाप्रति कडा आलोचना गरेका छन् ।

उनले भने,‘भारतीय सेनाले नेपालको धेरै जमिन मिचेको छ, त्यहि सेनासंग कसरी सहकार्य हुन सक्छ ? त्यहां स्पष्ट बदनियत देखिन्छ । उक्त बुंदामा नेपालको सम्पूर्ण सुरक्षा निकायलाई नै भारतले तामिम दिइरहेको जस्तो आशय प्रकट भएको छ, त्यो सरासर गलत हो । यो नेपालका सुरक्षा अंगहरुको मनोबल गिराउन चालिएको कदम हो ।’

उनले नेपाली सेनालाई तामिम दिन नेपालकै सेना सक्षम भएको र राष्ट्रघाती सन्धि–सम्झौता हुंदा सेना चुप लागेर बस्न नहुने समेत उनले बताए । त्यसैगरी, नेपाली सेनाबाट अवकाश प्राप्त जर्नेल डा.प्रेम बस्न्यातले समेत उक्त बुंदामा कूनियत लुकेको बताए । डा. बस्न्यातले भने,‘नेपाली सुरक्षा निकायलाई आवश्यकता अनुसार नेपालले नै तामिल दिने हो, भारतले होइन ।

यसअघि जनयुद्ध ताका माओवादीलाई पनि उनीहरुले नै तामिम दिएका थिए, यो कुरा नेपाली सेनाले भुल्न हुन्न् । तर नेपाली सुरक्षा बललाई चाहिने विभिन्न सामाग्रीको सहयोग भारतले दिन सक्ला तर तामिल त नेपालले नै दिने हो ।’

यद्यपि १२ नम्बर बुंदामा उल्लेख गरिएका सीमा सुरक्षा र सहकार्यको कुरा भने तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली भ्रमणका बेला पनि उठाइएको थियो । बुंदा नम्बर ११ को बारेमा सामाजिक सञ्जालभर विभिन्न टिकाटिप्पणी आउन थालेपछि नेपाली सेनाको मुख्यालयले समेत त्यसबारेमा गम्भिर अध्ययन गर्न थालेको स्रोतले बतायो।
कतिपय जरसा’वहरुले उक्त नेपाल–भारतबीच भएको ४६ बुंदे समझदारीको बुंदा नम्बर ११ मा नेपाली सेनालाई भारतले तामिम दिने आसय प्रकट भएको भन्दै उक्त गल्ती सच्चाउनु पर्ने धारणा व्यक्त गरेका छन् । उक्त गम्भिर विषयमा नेपाली सेनाको आधिकारिक धारणा भने बाहिर आएको छैन । पीएपी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.