Websoft University

रतुवामाइका बाढीपिडितलाइ बैदेशीक रोजगार व्यवसायी संघद्धारा राहत वितरण

विराटनगर, भदौ १४ गते । रातो तारा डट कम,
बैदेशिक रोजगार व्यवसायी संघले मोरङको रतुवामाइ नगरपालिकाका बाढी पिडितहरुलाइ राहत वितरण गरेको छ ।
मोरङ क्षेत्र नम्बर–१ का सांसद तथा नेकपा एमाले मोरङका सचिव ऋषिकेश पोखरेलको पहलमा काठमाण्डौ बाट आएको बैदेशिक रोजगार व्यवसायी संघको टोलिले आज राहत वितरण गरेको हो ।

सो टोलिले रतुवामाइ नगरपालिका–५ मुसहरभिट्टाका १ सय ७५ घरपरिवारका बाढीपिडित प्रतिपरिवारलाइ राहत स्वरुप २५ केजीको एक÷एक बोरा चामल वितरण गरेको हो । स्थानिय वडा समिति सँग समन्वय गरि राहत स्वरुप वितरण गरिएको चामल करीब २ लाख रुपैयाँ भन्दा वढ्री मुल्यबराबरको रहेको वैदेशिक रोजगार व्यवसायी हेम राइले बताए ।

राहत वितरण कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान तृतिय उपाध्यक्ष मुक्तिनाथ अधिकारीले वैदेशीक रोजगार व्यवसायी पनि समाजकै एउटा अंग रहेकाले पिडित परिवारलाइ मानविय दायीत्व रुवरुप राहत वितरण गरिएको बताए ।

उनले बैदेशीक रोजगार व्यवसायीले प्रत्यक्ष रुपमा ठुलो संख्यालाइ रोजगारी उपलब्ध गराउदै आएको बताउदै समाजप्रती पनि दायीत्वबोध भएर अहिले सम्म बाढी प्रभावित तराइका जिल्लाहरु भ्mापा, मोरङ, सुनसरी, सप्तरी, सिराह, रौतहट लगायतका १० जिल्लामा २० लाख रुपैयाँ भन्दा बढीको राहत सामग्री वितरण गरिएको बताए ।

बैदेशीक रोजगार व्यवसायी संघका सदस्य तथ विपद कोषकी मोरङ संयोजक तेजमाया लम्बुले संघले बाढी प्रभावित विभिन्न क्षेत्रको निरिक्षण गरेर बाढीबाट विस्थापित परिवारका लागि अति आवश्यक स्थान पहिचान गरि प्रत्येक परिवारलाइ २ लाख रुपैयाँ सम्मको घर १०० परिवारलाइ निर्माण गरिदिने वताइन् ।

सो अबसरमा सांसद ऋषिकेश पोखरेलले जिल्लामा सवैभन्दा बढी क्षति रतुवामाइ नगरपालिकामा भएको बताउदै अहिले सम्म आफ्नो पहलमा सो क्षेत्रमा स्थानिय तहको समन्वयमा १ करोड रुपैयाँ भन्दाबढी मुल्यबराबरको खाद्यान्न, लत्ताकपडा, औषधी, झुल, त्रिपाललगायतका राहत सामग्री वितरण गरिसकिएको र त्यसले निरन्तरता पाउने बताए ।

राहत सांसद ऋषिकेश पोखरेल, वैदेशिक रोजगार व्यवसयी संघका निबर्तमान तृतिय उपाध्यक्ष, सदस्य तेजमाया लिम्बु र बैदेशिक रोजगार व्यवसायी हेम राइले वितरण गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.