Websoft University

रवि लामिछाने आक्रामक रुपमा जनताको काममा लागे


काठमाडौं मसिर १९ गते | चितवनको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने आक्रामक रुपमा जनताको काममा लागेका छन् । लामिछानेले एक पछि अर्को कमाल गरिरहेका छन् ।

अधिकांश दलका सांसदहरु चुनाव जितेको रन्कोमा खादा मालाले पुरिएर रम रमाइलो गरिरहेका बेला केहि सांसदहरु भने जनताको काममा खटिन थालेका छन् । देशैभरमा सबैभन्दा धेरै मतान्तरमा चुनाव जितेर रेकर्ड बनाएका स्वतन्त्र पार्टीका रवि लामिछाने भने एक्सनमा उत्रिएका छन् ।

किसानले मल नपाएको बिषयमा साल्ट ट्रेडिङमा अनुगमन गरेर काम सुरु गरेका लामिछानेले कामको ठेक्का लिएर समयमा काम नसक्ने ठेकेदारहरुलाई तोकेता गर्ने देखी बर्षौ देखी पानीको समस्या भोगिरहेकाहरुलाई श्रमदान गरेर पानीको व्यवस्था गर्ने सम्मको काममा अगुवाइ सुरु गरेका छन् ।

प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएको प्रमाण पत्र लिए पछि सपथ नखाँदै लामिछानेले चौतर्फी रुपमा काम सुरु गरेका छन् । चितवन जिल्ला भएर पनि अहिले सम्म पनि बिजुली नपुगेको क्षेत्रमा तत्काल विद्युत लाइन विस्तारका लागी पनि लामिछानेले ठोस पहल गरेका छन् ।

रविले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरी आफ्नो निर्वाचन क्षेत्रमा विद्युत नपुगेको ठाउँमा विद्युत लाइन विस्तार गर्नका लागी अनुरोध गरेका छन् । लामिछोको प्रस्तावलाई दरिलो साथ दिँदै कुलमानले पनि तुरुन्त काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँगको भेटपछि उनले लेखेका छन्, ‘मेरो निर्वाचन क्षेत्र चितवन–२ को इच्छाकामना गाउँपालिकाको २, ३, ४, ५, ६ र ७ वडाका विद्युत् नपुगेका ठाउँमा यही महिनाभित्र क्रमशः टेन्डर आह्वान गरी विद्युत् लाइन विस्तार हुने भएको छ । अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

चितवनकै कालिका नगरपालिकाको विद्युत् नपुगेको पहाडी भेगमा पनि अब तत्काल विद्युत् विस्तार हुने उनले सामाजिक सञ्जालमै लेखेका    छन् । सांसदमा निर्वाचित भएको छोटो समयमै लामिछानेले जनतालाई ठूलो आशा देखाउन सफल भएका छन् ।

आफैँ फिल्डमा खटिएर लामिछानेले काम गरिरेहका छन् । जनतासँगै रहेर काम गरिरहेका उनलाई जनताले पनि दरिलो साथ दिइरहेका छन् । उनको निर्वाचन क्षेत्रका जनताहरु श्रमदान गर्दै लामिछानेलाई साथ दिइरहेका  छन् । जनताको प्रतिनिधी कस्तो हुनु पर्छ भन्ने उदाहरण रविले देखाइरहेको भन्दै प्रशंसा चुलिएको छ ।

चितवन( २ बाट भारी मतान्तरले विजयी भएका रवि लामिछानेले आफू निर्वाचित भएको दिनदेखि नै काममा लागेको बताएका थिए । अहिले उनी आफ्नो निर्वाचन क्षेत्रमा रहेको खानेपानी समस्याको समाधानका लागि लागिरहेका छन् ।

खानेपानीको मुहानमा पुगेका रविले सामाजिक सञ्जालमा लेखेका छन् – ‘हो, विधायकको काम नीति निर्माण मा नै ध्यान दिने हो तर काम गर्नरगराउन फिल्डमा खट्नु पनि पर्छ। हामी भुईँ मान्छेका मान्छेहरू हौ, भुईँ छोड्ने त कुरै आउँदैन नि।

हामी आगो नलागोस् भन्ने कामना मात्र गर्दैनौँ आगो लागिहाले निभाउन पनि पुग्छौँ। नीतिहरू कागजमा मृत भएर बस्नु हुन्न, नागरिकले महसुस गर्ने गरी लागू पनि हुनु पर्छ। त्यसैले हामी संसद र सडक दुवै तिर हुन्छौँ। हामी यस्तै छौँ ।’

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने चितवन( २ मा ४९ हजार २६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत ल्याएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.