Websoft University

सातौं भक्तपुर औद्योगिक तथा पर्यटन मेला आयोजना हुँदै


काठमाडौं चैत ११ गते । विभिन्न जिल्लामा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा सातौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७९/०८० गर्न लागेको छ। जसमा भक्तपुर जिल्ला खेलकुद बिकाश समितिले सहयोग गर्ने भएको छ।
 

 नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत भन्ने नाराका साथ चैत्र २३ गते बिहिबारदेखि बैशाख ४ गते सोमबार सम्पन्न हुने गरी मेलाको आयोजना गर्न लागेको महोत्सबका संयोजक दीपक थापाले जानकारी दिए । 

 

मेलामा दर्शकको अवस्थालाई ध्यानमा राखी सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताए । 

 

ऐतिहासिकसांस्कृतिक एवं पर्यटकीय स्थानले भरिभराऊ भक्तपुरको तीनकुने सल्लाघारी स्थित ९९ रोपनी क्षेत्रफलको जग्गामा विशाल मेला आयोजना हुनलागेको हो । उक्त मेलाको आवश्यक प्रक्रिया पुरा भइसकेको आयोजक संस्थाले पत्रकार सम्मेलन गरेर जनाएको छ । अहिले स्टल निर्माण कार्य भइरहेको र स्टल बुकिङ्ग समेत खुलिसकेको जानकारी संस्थाका उपाध्यक्ष राजकुमार खड्काले गराएका छन्। भक्तपुर आफैमा एक धार्मिकसांस्कृतिक र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छयसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी  मेलाका संयोजक दिपक थापाले दिए साथै बिगतका बर्षमा भएका कमि कमजोरीलाइ यो पटक सुधार गर्दै सातौं भक्तपुर औधोगिक सांस्कृतिकपर्यटन तथा व्यापार मेलालाइ एतिहासिक बनाउने जानकारी पनि गराए। महोत्सबमा २०० भन्दा बढी स्टल राखिनेछ भने करिब ३ लाख भन्दा बढी दर्शकको आगमन हुनेछ। १२ करोड रुपैयाको कारोबार कारोबार हुने अपेक्षा आयोजकले राखेको जनाएको छ ।

 

अन्तराष्ट्रिय स्टल सहित सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरुदेखि लिएर लत्ताकपडाजुत्ताहरुकृषि तथा हस्तकलाका समानहरुभाडाकुडाहरु एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइलविभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र नृत्य प्रतियोगितासांस्कृतिक प्रदर्शनीचिडियाघरराष्ट्रिय तथा अन्तरास्ट्रिय खाना महोत्सबब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोकदोहोरि गित समेत प्रस्तुत हुनेछ। मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिशत  सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ५० र ७० मात्र रहेको जानकारी अध्यक्ष सन्दिप महतले गराएका छन्।

 

सातौं औधोगिक सांस्कृतिकपर्यटन तथा व्यापार मेला २०७९/८० मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कलागायन कलाहास्य ब्यङ्ग प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिनेछन। बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दानरोटे पिङ्गमारुती सर्कसकोलम्बसजादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल संस्थाका महासचिब शंकर गुरुङले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार व्यवसाय र धार्मिक सांस्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् र यो मेलाले भक्तपुरलाइ मात्र नभएर अन्य बाह्य छिमेकि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने कुराको जानकारी पनि गुरुङले गराएका थिए। उक्त पत्रकार सम्मेलनमा संयोजक दिपक थापा,औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतउपाधक्ष्य राज कुमार खड्काबिनोद जैसवालमहासचिब शंकर गुरुङकोषाधक्ष्य प्रितम मल्लमिडिया तथा कलाकार संयोजक सुर्य चन्द र कार्यलय सचिब जिबन नेपालको समेत उपस्थिति रहेको थियो।

 

मेलाको अन्तिम दिन अर्थात बैसाख ४ गते बिशेष कन्सर्ट कार्यक्रम रहनेछ जसमा युवापिडिका चर्चित र्यापर जिबबको समेत प्रस्तुति रहनेछ भने उक्त दिनको प्रवेश शुल्क टिकेट मूल्य भने रु २०० रहने कोषाधक्ष्य प्रितम मल्लले जानकारी गराएका छन्। 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.