Websoft University

दुई वा दुईभन्दा बढी दलहरू गठबन्धन गरेर चुनावमा जाने प्रवृत्तिलाई रोक्न निर्वाचन आयोगले नै पहल गर्नुपर्ने


काठमाण्डेो | रातो तारा डट कम, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई वा दुईभन्दा बढी दलहरू गठबन्धन गरेर चुनावमा जाने प्रवृत्तिलाई रोक्न निर्वाचन आयोगले नै पहल गर्नुपर्ने बताएका छन् ।

शनिवार घण्टी घरमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सबै राजनीतिक दल आफ्नो नीति र सिद्धान्तका आधारमा जनतामा जानुपर्ने बताए ।

लामिछानेले भने( निर्वाचन आयोगले नै गठबन्धन गरेर चुनाव जानबाट रोक्नुपर्छ । साँठगाँठ गरेर चुनाव लड्ने प्रवृत्तिले कुनै पनि दलको बहुमत नआउने र मुलुक अस्थिरतामा जाने भएकाले हामी कसैसँग गठबन्धन गर्दैनौँ, एक्लै चुनाव लड्छौँ ।

सभापति लामिछानेले सरकारमा सहभागी हुने वा नहुने सन्दर्भमा रास्वपा अहिले निर्णयमा नगएको र नीति कार्यक्रमबाट भ्रष्टाचारका फाइल खोल्ने बुँदा हटाइएको हो भने सरकारमा सहभागी नहुने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.