Websoft University

मिल्स क्रिकेट प्रतियोगिता-वाइआरसिसी र एनबीएससी सेमिफाइनलमा


विराटनगर चैत १९  गते । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ ।

 विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई ५ विकेटले हराउँदै वाइआरसिसी सेमिफाइनलमा पुगेको हो ।

 होराइजनले दिएको १८४ रनको विजय लक्ष्य वाइआरसिसी विराटनगरले १८ ओभर ४ बलमा ५ विकेट गुमाइ पूरा गर्यो । जसमा दिलिप नाथले ७८ रनको अर्धसतकिय इनिङ खेले । दिपक पासवानले २६ रनको योगदान दिए । सरथ भेषकरले ७ रनमा अविजित रहे ।

बलिङमा वाइआरसिसीका कमल खत्री, सचि यादवले समान २÷२ विकेट लिए ।  हेमन्त धामीले १ विकेट लिए ।

 यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको होराइजनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाइ १८३ रनको स्कोर बनाएको थियो । जसमा मिनिष थापाले सतक कटाएका थिए । १०६ रनको योगदान दिने थापा खेलको म्यान अफ द म्याच घोषित भए । उनको ब्याटबाट ८ छक्का र ४ चौका प्रहार भयो ।  राकेश कामतले २७ रन बनाए । कपिल मण्डलले अविजित १७ रनको योगदान दिए ।

 बलिङमा होराइजनका दिपक जोशी, सवर्ण किस्कु, कपिल मण्डलले समान १–१ विकेट लिए । सोही दिन भएको दोस्रो खेलमा मिल्स एकेडेमी क्रिकेट क्बल रानीलाई ४९ रनले स्तब्ध बनाउँदै एनबीएससी क्रिकेट क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ ।

 टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ २३९ रनको विशाल योगफल खडा गरेको थियो । जसमा एनबीएससीका विपिन सौरवले ८५ अर्धसतिय इनिङ खेले । विधान गोस्वामीले ४७ रन, प्रशान्त कुमारले ३४ रन बनाए ।

 बलिङमा मिल्सले मिरास खानले ४ विकेट लिए । अंकित गोस्वामी र दानिसले समान  २–२ विकेट लिए ।

 २४० रनको विशाल विजय लक्ष्य पछ्याएको मिल्स क्रिकेट क्लबले १९ ओभर ४ बलमा अलआउट भइ १९० रनमा सिमित भयो । जसमा विकास लोलियाले ८८ रनको अर्धसतकिय इङनिङ खेले । अभिन्नदनले १५ रन, अंकित गोस्वामीले १३ रन बनाए ।

 एनबीएससीका अनुभव श्रीवास्तवले ३ विकेट लिए । रोहित कुमार र प्रशान्त कुमारले समान २÷२ विकेट लिए । म्यान अफ द म्याच एनबीएससीका विपिन सौरव घोषित भए ।

 सोमबारको खेल ओसिस काठमाण्डौ र सप्तरी ११ बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल दिल्ली देवस र विरगन्ज युथ क्रिकेट क्लब बिच हुनेछ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.