Websoft University

एमालेको मिसन ग्रासरुट अभियान ः महालक्ष्मीका तीन सय ज्येष्ठ नागरिकलाई सम्मान गरिदै


धनकुटा, २० चैत । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी वडा नं.१, २, ८ र ९ नम्बर वडाका १४० ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको हो ।

 महालक्ष्मी नगरपालिका वडा नं.१ र वडा नं.२ का ७० जना ज्येष्ठ नागरिकलाई कटहरेमा सम्मान गरिएको छ । त्यस्तै, वडा नं.८ र वडा नं.९ का ३५÷३५ जना ज्येष्ठ नागरिकलाई निगालेमा सम्मान गरिएको छ । अन्य वडाका ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको   छ ।

समाजमा योगदान गर्ने महालक्ष्मी नगर क्षेत्रका करिब ३ सय ज्येष्ठ नागरिकलाई सम्मान गरिने एमाले नेता एवं महालक्ष्मी नगरपालिकाका पूर्व नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । ‘ज्येष्ठ नागरिकहरुले समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिरहेका छौं,’ नेता नेपालले भने, ‘हरेक वडाका करिब ३५ जनाका दरले नगर भरका ३ सय भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गछौं ।’

  ज्येष्ठ नागरिकहरुलाई एमाले नेताहरुले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गर्ने गरेका छन् । एमालेले फागुन ५ गतेबाट देशभर सुरु गरेको मिसन ग्रासरुट अभियान बैशाख ५ गतेसम्म सञ्चालन हुदैछ । पार्टी सुदृढिकरण तथा विस्तारका लागि टोल, वडा र पालिका केन्द्रित अभियान सञ्चालन भइरहेको एमाले धनकुटा अध्यक्ष इन्द्रमणी पराजुलीले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.