Websoft University

बिराटनगर आखा अस्पतालको प्रेस विज्ञप्ति


इटहरी, सुनसरी । इटहरी आँखा अस्पतालले आफ्नो सेवा तथा पूर्वाधारमा व्यापक सुधार गर्दै आधुनिक प्रविधियुक्त नयाँ ढाँचामा सेवा शुभारम्भ गरेको छ। अस्पतालले सब–स्पेशियालिटी सहितको सम्पूर्ण आँखा उपचार सेवा एकै छानामुनि उपलब्ध गराउन सुरु गरेको हो।

अस्पतालमा अत्याधुनिक उपकरणहरू जस्तै ओसिटि, भिजुअल फिल्ड एनालाइजर, याग लेजर, ग्रिन लेजर, बी-स्क्यान, ड्राइ आई स्क्यानिङ तथा थेरापी लगायतका सेवा सञ्चालनमा ल्याइएको छ।

विराटनगर आँखा अस्पतालद्वारा सञ्चालित यस अस्पतालले नेपालमा विद्यमान करिब ०=२८ प्रतिशत दृष्टिविहीनताको समस्या न्यूनीकरण गर्ने उद्देश्यले सेवा विस्तार गरिएको अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिनुभयो।

अस्पतालले सातै दिन बिहान १०M०० बजेदेखि साँझ ६M०० बजेसम्म सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। साथै, प्रत्येक दिनलाई विशेष सेवाका रूपमा निर्धारण गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा= ललित अग्रवालले बताउनुभयो। जसअनुसार आइतबार रेटिना डे, सोमबार कोर्निया डे, मंगलबार ग्लुकोमा डे, बुधबार ओकुलोप्लास्टिक सेवा, बिहीबार कान रोगको विशेष सेवा, शुक्रबार लो भिजन सेवा तथा शनिबार बालबालिकामा मोबाइल तथा ग्याजेट प्रयोगबाट हुने समस्याको विशेष परीक्षण सेवा सञ्चालनमा ल्याइएको छ।

यस सेवा विस्तारसँगै अस्पतालले समुदाय केन्द्रित आँखा स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउँदै प्राथमिक तहदेखि विशेषज्ञ उपचारसम्मको सुदृढ रेफरल प्रणाली विकास गर्ने लक्ष्य राखेको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीलाई पहुँचयोग्य सेवा प्रदान गर्न विभिन्न आँखा उपचार केन्द्रहरूसँग समन्वय गरी समयमै निदान र उपचार सुनिश्चित गरिने अस्पतालले जनाएको छ।

चश्मा जाँचका लागि कम्प्युटराइज्ड प्रणालीको प्रयोग गरिनुका साथै ‘आई टर्मिनल’ मार्फत आईपिडी मापन गरी अटोमेटिक मेसिनबाट चश्मा व्यवस्थापन गरिने व्यवस्था गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका उपमेयर संगिता चौधरी ले यस सेवाले स्थानीय जनतालाई गुणस्तरीय उपचार उपलब्ध गराउनुका साथै समय र खर्चमा बचत हुने विश्वास व्यक्त गर्नुभयो।

अस्पतालमा ल्याब सेवा समेत सञ्चालनमा रहेको छ भने मोरङ तथा सुनसरीका विभिन्न आँखा उपचार केन्द्रहरूसँग सहकार्य गरी बिरामीलाई दैनिक शल्यक्रिया सेवा प्रदान गर्ने लक्ष्य राखिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्म नारायण चौधरीले जानकारी दिनुभयो।

यसका साथै अस्पतालले विद्यालय स्तरमा दृष्टि परीक्षण, समुदायमा स्क्रीनिङ कार्यक्रम, तथा सचेतनामूलक अभियानमार्फत आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने योजना समेत अघि बढाएको छ। यसले दीर्घकालीन रूपमा दृष्टिविहीनता तथा न्यून दृष्टिको समस्या न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसमा दातृ संस्था सेवा फाउण्डेशनको समेत विशेष योगदान रहेको छ ।

नेपाल नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष प्रा.डा. चेत्तराज पन्तका अनुसार यस अस्पतालले पूर्वी पहाडी जिल्लाहरूमा रहेका आँखा अस्पताल तथा उपचार केन्द्रहरूलाई प्राविधिक, शल्यक्रिया तथा तालिम सहयोग प्रदान गर्दै समग्र राष्ट्रिय आँखा स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने कार्यमा योगदान पुर्‍याउनेछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.