Websoft University

काठमाडौंमा कलिङ्ग साहित्यिक महोत्सव, एकै दिनमा २० वटा साहित्यिक बसह


काठमाडौं, ३० असोज| रातो तारा डट कम,
शनिबार बिहानबाट ललितपुरको हिमालय होटलको दुई फरक हलमा सुरु भएको ‘कलिङ साहित्य महोत्सब काठमाडौं’मा आईतबार साँझ सम्पन्न भएको छ । आईतबार विभिन्न २० वटा शिर्षक र सेसनमा बहसहुँदै महोत्सब सम्पन्न भएको हो । आईतबार यो महोत्सब काव्य मय भयो । २० मध्य आधा दर्जन सेसनमा विभिन्न श्रष्टाहरुले आफ्ना कविता, गजल प्रस्तुत गरेर कार्यक्रमलाई काव्यमय तुल्याए ।

आईतबार बिहानको दुबै सेसन कवितामय भएको थियो । त्यसपछि साँझको दुई सो काव्यमय बन्यो । एउटा सेसनमा कवि बसन्त चौधरीले आफ्ना कविताबाट दर्शकको मन जिते भने अको सेसनमा विभिन्न गजलकारहरुले महफिल जमाए । विहानी पखको अर्को सेसन पनि कवितामा केन्द्रित थियो । दिउँसोको एउटा सेसनमा त अँग्रेजी कवितासमेत यो महोत्सबमा सुन्न पाईयो । 
यस अघि एक दशकदेखि भारतमा आयोजना हुँदै आएको यो महोत्सको ११ औं संस्करण अन्तराष्ट्रिय महोत्सबको रुपमा यसपटक नेपालमा भएको हो । महोत्सब निकै राम्रो भएको बक्ताहरुले कार्यक्रममा बताए । जसमा भारतबाट ६० भन्दा बढी साहित्यकार बाँकी नेपालका गरेर ३०० भन्दा बढी साहित्यकार सहभागी थिए । अर्को वर्ष पनि आफुहरुले यो महोत्सबलाई काठमाडौंमा गर्न सक्ने महोत्सबका संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले बताए ।
यसरी विभिन्न शिर्षका २० वटा बहस सेसनसँगै आईतबार बेलुकाबाट कलिङ साहित्य महोत्सब काठमाडौं सकिएको हो । यो महोत्सबमा शुक्रबार विभिन्न १८ वटा शिर्षकमा १९ सेसन बहस भएको थियो । आईतबार २० गरी ३८ सेसनमा साहित्यिक बहस यसपटक भयो । 
 
आईतबार बहिनको सेसनमा भारतका अग्रज अशोक वाजपेयी सहित भारतीय कवि अरुण कमल, गगन गिल, भ्योमेश शुक्ला नेपाली कविहरु दिनेश अधिकारी, अशेष मल्ल, बसन्त चौधरीलगायतले आफ्नो चर्चित कविता सुनाए । बिनित कुमार यो शेसनको सुत्रधार थिए । अर्को हलमा सोही समय अर्को काव्य कार्यक्रम भएको थियो । जसमा श्रवण मुकारुङ, सिमा आभास, सन्ध्या पहाडी, गीता कार्की, मोमिला बस्नेत, टंक उप्रेती, प्रोलास सिन्धुलिया, मधु पाठक लगायतले कविता सुनाए ।
निवन्धकार कुमारी लामाले चुनौती धेरै भए पनि लेख्न नछाड्न महिला लेखकहरुलाई अनुरोध गरिन् । लेखनमा महिलाहरुको चुनौती र भविष्यबारे बहसमा उनले यसो भनेकी हुन् । सगुन शाहले सञ्चालन गरेको यो कार्यक्रममा सवित्री कक्षपतिले बिगतमा भन्दा अहिले महिलाहरुलाई लेखनमा लाग्न निकै सहज भएको बताईन् । 
नेपालका लागि भारतका पूर्व राजदुत रन्जित रेले नेपाल भारतको सम्बन्ध र संस्कृतिबारे प्रकाश पारे । नेपाल भारतको कुटनीतिक तथा अन्य सम्बन्धबारेका सेसनमा उनले नेपालले भारत र बँगलादेशमा उर्जा निर्यात गरेर ठुलो आम्दानी गर्ने पनि उनले बताए ।
सोही क्रममा अर्को हलमा भएको भारत नेपाल कला सम्बन्धिको बहसमा नेपालकी पूर्व कुलपति रागिनी उपाध्याय र भारतीय चित्रकार मनिष पूस्कलेले नेपाल भारतको कला सम्बन्धको बारेमा चर्चा गरे । 
यस्तै पब्लिकेशनको डिजिटल इरा बारेको शेसनमा पनि डिजिटलले पब्लिकेशनमा ल्याएको क्रान्ति र यसको सहजताबारे चर्चा गरियो । अशोक महेश्वरी, सत्यानन्द निरुपम, सृजन मास्केलगायतले यो सेसनमा डिजिटलले पब्लिकेशनमा ल्याएको परिवर्तन र फाईदासँगै यसका असरबारे चर्चा गरे । 
सञ्चारकर्मी युवराज घिमिरे र ओम थान्भीले भारत नेपालको सम्बन्धमा मिडियाको भूमिकाबारेको शेसनमा आफ्ना भनाई राखे । मिडियामा रहेर दुई देशको सम्बन्धको बारे आफुहरुले गरेका कामको अनुभव सुनाउँदै दुई देशको सम्बन्धलाई सुमधुर बनाउन मिडियाको पनि ठुलो हात हुने उनीहरुले जिकिर गरे ।
चलचित्र निर्देशक दीपेन्द्र के खनाल, सुजित बिडारी, सुवर्ण थापा, सम्पदा मल्ललगायतले समाज, साहित्य र सिनेमा शिर्षकको बहस सेसनमा सिनेमा र समाजको सम्बन्धबारे चर्चा गरे ।
गँगन गिल, प्रा.डा. वीना पौडेल, आनन्द निलकन्ठ, कविता सिंहले महिला शसक्तिकरण बारेको शेसनमा नेपाल र भारतका महिलाहरुको अबस्थाबारे चर्चा गरे । विभिन्न कारणले दुई देशका महिलाहरुको अबस्था मिल्ने गरेको उनीहरुको कथन थियो । महोत्सबकी निर्देशक रञ्जना निरौलाले कार्यक्रमको सञ्चालन गरेकी थिईन् ।
नविता श्रीकान्त, ओम थान्भी, तुलसी दिवस, प्रेम प्रधानलगायतले यस्तै भारत र नेपालको अध्यात्म, संस्कृति र साहित्यसम्बन्ध बारेको बहस सेसनमा दुई देशको संस्कृतिसम्बन्धले साहित्य सृजनामा पु¥याएको मद्धतबारे चर्चा गरे । 
महोत्सबमा आईतबारसाँझ कवि बसन्त चौधरीले आफ्नो महफिल जमाए । उनको कविता बाचन कार्यक्रम पनि निकै रोचक भयो । साँझको कलिङ काठमाडौं महफिल सेसनपनि काव्यमय भयो । यसमा पनि विभिन्न गजलमाथि बहससँग गजल प्रस्तुत गरियो । आईतबार दिउँसोको एउटा सेसन अँग्रेजी कवितामय भयो । जसमा दर्जन कविहरुले आफ्ना अँग्रेजी कविता सुनाए ।
यसरी दुई दिनको यो अन्तराष्ट्रिय महोत्सब विभिन्न कार्यक्रम सहित आईतबार बेलुका बाट सम्पन्न भएको छ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.