Websoft University

नवोदितको समयको बयानलाई चिसाप साहित्य पुरस्कार


विराटनगर कातिक ५ गते | रातो तारा डट कम, विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गर्ने निर्णय गरेको छ ।

शनिबार परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको हो । १५ हजार राशि र सम्मानपत्र रहेको सो पुरस्कार कवि नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले जनाएको छ ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितासँगै साहित्यमा सक्रिय नवोदितको ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’ गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । नेपाल सरकारले युवा स्रष्टालाई दिने सबैभन्दा प्रतिष्ठित पुरस्कार युवावर्ष मोती पुरस्कारबाट समेत सम्मानित भइसकेका नवोदित पत्रकारितामा समेत सक्रिय छन् ।

२०७३ सालबाट निरन्तर रूपमा प्रदान गर्दै आएको सो पुरस्कार चिसापले यसभन्दा अघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ रोदन, विश्वनाथ अधिकारी, विमल वैद्यलाई प्रदान गरिसकेको छ । पुरस्कारको स्थापना सरस्वती रिजाल र स्वर्गीय उपेन्द्र रिजालले आफ्ना दिवंगत मातापिताको नाममा स्थापना गरेका हुन् । घोषित पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारेर यही कात्तिक ७ गते सोमबार चितवनमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने परिषद् अध्यक्ष केदारनाथ खनालले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.