Websoft University

कीर्ते हस्ताक्षर गर्ने ककनीका कर्णबहादुर तामाङ पक्राउ


मनोज भट्टराई ओखलढुंगा-ओखलढुंगामा गैरकानुनी रुपमा स्थानीय सरकारको काम गर्ने एक व्यक्ती पक्राउ परेका छन् । निर्वाचित वडा सदस्यको नाममा कार्यबहाक अध्यक्ष उल्लेख गरी कीर्ते हस्ताक्षर गरेर काम गर्ने सुनकोशी गाउँपालिका ९ ककनीका कर्णबहादुर तामाङ पक्राउ परेका हुन् ।

बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका उनलाई बिहीबार जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी पुष्पराज मल्लले जानकारी दिए । उनीविरुद्ध सरकारी कागजात कीर्ते सम्वन्धि मुद्दा चलाइएको छ । घटनाबारे अनुसन्धान चलिरहेको भन्दै प्रहरीले सबै विवरण सार्वजनिक गरेको छैन ।

उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यका उमेदवार थिए । निर्वाचनमा पराजित भएपनि उनले वडा कार्यालयले दिने सबैजसो सिफारीससहितका कागजातहरुमा हस्ताक्षर गरेर दिने गरेका थिए । उनले सुनकोसी गाउँपालिका ९ को छाप, लेटरप्याड, मालपोत रसिद लगायतका सबै सरकारी कागजात कीर्ते गरेर स्थानीयसँग अवैद्य रुपले सेवा शुल्क भन्दै रकम असुल्ने गरेका थिए ।



तामाङले सर्जिमन मुचुलका, वडा कार्यालयका विभिन्न निर्णय भएको भनि फर्जि सिफारिस लगायत काम समेत गरेको पाइएको छ । ती सबै कागजातहरुमा कार्यावाहक वडाध्यक्ष भनेर धनबहादुर तामाङ र टंकबहादुर कटवालको नाम उल्लेख गरिएको छ । तामाङ र कटवाल दुवै उक्त वडाका वडा सदस्य हुन् । कीर्ते कागजातबाट मालपोतमा जग्गा कारोबार भइरहेको सुचना पाएपछि स्थानीयले वडा र प्रहरीमा खबर गरेका थिए । उनीहरुको नाममा कीर्ते काम गरेको भेटिएपछि दुवै वडा सदस्यले आफ्नो नाममा कीर्ते भएको भन्दै वडा कार्यालय मार्फत प्रहरी र प्रशासनमा उजुरी दिएर छानबिनका लागि आग्रह गरेका थिए ।

यसअघि सोही मुद्दामा स्थानीय ४४ वर्षीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङ पक्राउ परिसकेका छन् । कर्णबहादुरको अगुवाइमा सबै कागजात कीर्ते गरेर १ जेठ २०७६ मा अम्बरबहादुर तामाङको नाममा जग्गा पास भइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पञ्चबहादुर तामाङले जग्गा कारोबार गर्न मालपोत पुगेपछि घटना सार्वजनिक भएको थियो ।  सरकारी कागजात कीर्ते गरी जग्गाको समेत कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेपछि मुख्य अभियुक्त कर्णबहादुर तामाङ फरार रहेका थिए । पक्राउ परेका अन्य व्यक्तिहरूले समेत सबै कागजात कर्णबहादुरले मिलाएको बयान प्रहरी समक्ष दिएका छन् । जग्गा पास गर्न ३५ दिने सूचनासमेत प्रकाशित गरेर काम गरेको पाइएको छ ।

कीर्ते कागजातका आधारमा जग्गा पास गर्ने मालपोत कार्यालय र लेखापढी व्यवसायीको समेत संलग्नता रहेको भन्दै स्थानीयले उनीहरुमाथि पनि छानविन गर्न माग गरेका छन् । कीर्ते सूचनाका आधारमा कार्यालयले सबै कागजातसमेत कीर्ते नै राखेर जग्गा रजिस्ट्रेसन गरी लालपुर्जा समेत जारी भएको अनुसन्धानबाट खुलेको छ ।

मुद्दा अनुसन्धानमा रहेको भन्दै प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन् । मुद्दामा प्रतिवादी रहेका पञ्चबहादुर ९ नं. वडा कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद, सर्जिमन मुचुल्का लगायतका कागजात कीर्ते गरेर जग्गा नामसारीका लागि मालपोत कार्यालयमा पेश गर्ने क्रममा पक्राउ परेका थिए ।



छाप, मालपोत रसिद, सर्जिमन मुचुल्का तथा हस्ताक्षर कीर्ते गरेर जिल्ला मालपोत कार्यालय ओखलढुंगाबाट अनाधिकृत व्यक्तिका नाममा जग्गा नामसारी गरेको पाइएको वडा नं. ९ अध्यक्ष झनक कार्कीले बताए । ‘यहाँको निर्वाचित वडा अध्यक्ष म हुँ । मैले वडा सदस्यहरुलाई कार्यबहाक छाडेको छैन तर कार्यबहाक भन्दै हस्ताक्षर गरेर काम गरेको भेटियो ।’ अध्यक्ष कार्कीले भने,‘कसैलाई थाह नदिई केही व्यक्तिले वडा कार्यालय नै खडा गरेर साथीहरुले काम गर्नुभएको रहेछ यो गतल भयो ।’ शुसासनको अभ्यास गरिरहेको वडामा भएको गैरकानुनी कामले गलत सन्देश दिएको उनको तर्क छ ।

सुनकोशीको ककनी गाउँमा तामाङ समुदायको बाहुल्यता छ । चेतना र आर्थिक स्थित कमजोर भएको गाउँका स्थानीयसँग नक्कली मालपोत रसिद बनाएर कर उठाउनेदेखि नागरिकताको सिफारीस र मुचुल्का तयारीसम्मका काममा व्यक्तीहरु सकृय भएको खुलेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.