Websoft University

उदयपुरको पहाडी भेगमा बाढी पहिरोले सडक भत्किदा त्यस ठाउको जनजीवन प्रभावित हुदै


श्याम राई- उदयपुर गाईघाट साउन ९ गते ।
रातो तारा डट कम,बाढी पहिरोले उदयपुरको पहाडी भेगका अधिकांश ग्रामीण सडकलाई ठूलो क्षती पु¥याएपछि ति क्षेत्रका जनजिवन अस्त व्यस्त बनाएको छ ।

निरन्तरको वर्षाले धेरै ठाउँमा हिड्ने बाटो समेत छैन । सदरमुकाम गाईघाट अवातजावतमा ठूलो समस्या छ ।’ लिम्चुङबुङ गाउँपालिकाका कर्मचारी गौतम दाहालले बताए ।‘ सवारी चल्ने धेरै बाटो पहिरोले बगाएको छ । मान्छे हिड्ने पूरानो बाटोको नक्शानै परिवर्तन भएको छ ।’ उनले भने । बाढी पहिरोले बाटो विगारेकोले सात दिन हिडेर घर आईपुगेको उनले बताए ।

दुर्गम पहाडी भेगका सडक बाटो पूरै क्षतिग्रस्त हुदाँ उदयपुरका ताप्ली र लिम्च्ङबुङ दुई गाउँपालिका यतिखेर प्राकृतिक नाकाबन्दिमा परेको छ । ति दुई गाउँपालिकामा अवातजावतमा निकै कठिनाई हुँदा स्थानीय बासिन्दाले अभावै अभाब जेलिनु परेको छ । बाटो नहुदा ढुवानी ठप्पले दैनिक उपभोग्य सामाग्रीको अभाव हुन पुगेको छ ।

असारको अन्तिम सातामा आएको भिषण वर्षापछि यातायात अवरुद्ध हुदा तराईबाट नुन समेत पुगेको छैन । स्थानीयको भान्सामा नुन र चामलको अभाब हुन गएको छ । खडेरीग्रस्त दुई गाउँपालिका अन्न र दैनिक उपभोग्य सामाग्रीहरु तराईबाटै आयात हुदै आएको छ । ‘ मालसमान आउन छोडेको पनि झण्डै २० दिन भैसक्यो । सबै सामानको अभाबले कतै भोकमारी पो लाग्ने हो की भन्ने चिन्ता लागेको छ ।’

गाउँपालिका प्रमुख मेयर राईले भने । ‘जनजिवन कष्टकर बन्न थालेपछि गाउँपालिकालाई संकटग्रस्त गाउँपालिका घोषणा गरेका छौ ।’ उनले भने । ‘दैनिक उपभोग्य सामाग्रीको अभाब हुन नदिन प्रदेश र केन्द्र सरकारसँग खाद्यान्न हेलिकप्टर मार्फत पठाई दिन अनुरोध गरेको छु ।’ प्रमुख राईले भने । अब केही दिन सम्म खाद्यन्न लगायतका सामाग्रीको व्यवस्था नहुने हो भने गाउँमा ठूलै संकट आईपर्ने उनले बताए ।

यो वर्ष निकै ठूलो विपत्ति आईपरेको ताम्लिछाका हरी दाहालले भने ।‘ कहिलै नसोचेको नदेखेको देख्न पाईयो । सरर गाडी हिड्ने बाटोको कुनै नामो निसाना समेत छैन ।’ उनले भने । गाउँभरी जताततै अभावै अभाब छ ।’उनले भने ।
गाउँपालिकाले लाखौ खर्च गरेर यस वर्ष बनाएको चुनौटे–चौलाने–बुईपा हिम्मा खण्डको झण्डै २० किलोमिटर बाटोको नामो निशाना छैन । पहिरोले पूरै बगाएर बाटोको स्वरुप नै परिवर्तन गरेको छ ।

लिम्च्ङबुङसँगै जोडिएको ताप्ली गाउँपालिकाको अवस्था पनि उस्तै छ । बाटो बन्द भएपछि सबै चिजको अभाव हुन पुगेको ताप्लीका अध्यक्ष उद्धब सिंह थापाले बताए । उक्त गाउँपालिकाका ठाँनागाउँ, ईनामे, ओख्ले लेखगाउँ र रुपाटारमा असार दोश्रो हप्तासम्म साना, ठूला सवारी साधन चल्थे । व्यापार व्यावसाय फस्टाएको थियो । स्थानीय अवातजावतको लागि सवारी साधन प्रयोग गर्थे तर अहिले अवस्था फरक छ

‘ गाडीको त कुरै छाडी दिऊ हिड्न समेत ग्राह्रो छ ।’ रुपाटार कटहरेका शिक्षक केदार राशकोटीले भने । हिड्ने बाटो छैन गाउँमा कतैबाट अन्नपात भित्रिएको छैन । बाटो लामो समय खुलेन भने गाउँमा खाने समस्या हुन्छ ।’ उनले भने ।
ग्रामीण भेगका क्षतिग्रस्त बाटो खुलाउन गाउँपालिकाले आफनै स्काभेटर प्रयोगगरि रहेको भएपनि तत्काल बाटो खुल्न निकै कठिन रहेको लिम्चुङबुङका अध्यक्ष राईले भने ।‘

महिनौ भन्दा बढी समय लाग्छ र बाटो पूरै मर्मत संभारगरि पहिलेको अवस्थामा ल्याउन करौडौ रुपैया खर्च हुन्छ ।’ उनले भने । तर गाउँपालिकासँग त्यत्रो बजेट नभएकोले बाटो मर्मत संभारमा संघिय सरकारकै मुख ताक्नु पर्ने अवस्था रहेको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.