Websoft University

हत्या गरी फरार रहेका एक युवा पक्राउ


श्याम राई उदयपुर संवाददाता-गाईघाट साउन,१० गते ।
रातो तारा डट कम,६ वर्ष अघि एक व्यक्तिको हत्या गरी फरार रहेका एक युवा पक्राउ परेका छन् । प्रहरीले लामो समयपछि त्रियुगा नगरपालिका वडा नं ५ बस्ने ३३ वर्षिय होम बहादुर कार्कीलाई लालपत्ता प्रहरी पोष्ट नजिकबाट दिउसो पक्राउ गरेको हो ।

२०७३ मंसीर २४ गते उनले आफ्नै छिमेकी ३५ वर्षिय मोहन बुढाथोकीलाई बंचरो प्रहार गरी हत्या गरेका थिए । हत्या गरे लगत्तै उनी भागेर मलेसिया पुगेका थिए । मलेसिया रहेकै बेला प्रहरीले उनी विरुद्ध २०७५ पौष २ गते रेडकर्नर नोटिस जारी गरेको थियो ।

केही दिन अघि मात्र उनी मलेसियाबाट नेपाल फर्केका थिए । प्रहरीले उनी नेपाल आएको सुचना पाएपश्चात उनी माथी निगरानी बढाएर पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एस.पी. बीर बहादुर बुडामगरले बताए ।

हामीले धेरै मेहनत गरेर कार्कीलाई पक्राउ गर्न सफल भयौँ ।ु एस.पी. बुढामगरले भने । हामीले नेपाल आएदेखि नै उनलाई निगरानी गरीरहेका थियौ । लालपत्ता आएको जानकारी पाउन साथ पक्राउ ग¥यौँ ।ु उनले भने ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.