Websoft University

मर्यादाक्रममा रहेको त्रुटि हटाउने: गृहमन्त्री


काठमाडौँ,वैशाख १२ गते । रातो तारा डट कम,गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको सरकारले निर्धारण गरेको मर्यादाक्रममा केही त्रुटि रहे त्यसलाई हटाइने बताउनुभएको छ ।

आज गृह मन्त्रालयमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको नेतृत्वमा आएको प्रतिष्ठानको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले मर्यादाक्रममा केही त्रुटि रहेको आफूले पनि महसुस गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मर्यादाक्रममा विषयमा टिप्पणी आएका छन्, केही टिप्पणी जायज देखिन्छन् । तिनलाई सच्याउन आवश्यक प्रक्रिया अगाडि बढाइन्छ ।” प्रतिष्ठानका कुलपति, उपकुलपतिको मर्यादाक्रम विगतमा भन्दा तल पारिएको भन्दै प्रतिनिधिमण्डलले सो सच्याउन आग्रह गरेको थियो ।

यस्तै प्राज्ञलाई मर्यादा क्रममा नै समावेश नगरिएकाले त्यसलाई समेत सच्याउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । गृहमन्त्री थापाले प्राज्ञिक क्षेत्रको सम्मानमा सरकार प्रतिबद्ध रहेकोसमेत बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.